0 COMMENTS

काठमाडौँ, २७ वैशाख ०७५/ मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) आज सार्वजनिक गरेको छ ।

महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो । भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्नुहुने कार्यक्रम छ ।

शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने मौसमी विवरणमा उल्लेख छ । भारतीय प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार मौसमी सूचना सार्वजनिक गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

कुनै ठूलो मौसमी प्रणाली आउन लागेको वा तीन÷चार दिनसम्म पानी पर्ने अवस्थामा यस्तो मौसमी सूचना निकालिने गरिएको थियो ।

महाशाखाले मनसुन शुरु हुने तथा खास मौसमी अवस्थामा छुट्टै मौसमी सूचना निकाल्ने गरेको मौसमविद् पौडेलको भनाइ छ । यसअघि गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा विशेष मौसमी सूचना निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।