चर्कन्छ छाती
जब सम्झन्छु तिमीलाई
साथी,
अबिस्मरनिय रहे,
ती काला रातहरू
आफ्नैले दिएका
बिश्वासघाति कदमहरु ।
धर्तिको तरंगरुपी आबेग,
भुल्न नपाउदै
नयाँ सुनामी अइरहेको थियो,
तर अनभिज्ञ थियो ,जगत
मौन थियो छिमेक ।
ईतिहास बने घटना ,
छायो नव उमंग,
तिम्रो आगमनको खबरले ।
लडाइ थियो अधिकारको,
भागबन्डा भुगोलको
आवेग जातियताको,
खाडल विश्वाशको ।
भाई-भाइको रङमन्चमा,
निसाना कसैले
ताकिरहेका थिए।
कमजोरी कसैको ,
तागत कसैको बनिरहेको थियो।
संबिधान जारी गर्दा
भयो मन्दी नै मन्दी ,
आयो छिमेकबाट
उपहार बनी
नाकाबन्दी
तर बिर्सिए आज सबै
तिम्रो आगमनको
खबरले।
अभावै अभावले
पिल्सिरहेका थिए,
भोक निद्राले
सताइरहेका,
बेचैनिले पोलिरहेका ,
हावा भरिएको वेलुन झै
शरीर अनियन्त्रित थियो,
मानवताको लीलामी ,
हेरिरहेछौ विधाता
कस्तो हो सृस्टि तिम्रो
अन्नपानिमा पनि राजनीति,
यो कस्तो हो
विदेश निती !
बदलिइएको छ समय आज,
बसन्त ॠतुको आगमनसंगै ।
पराइ त थिएनौ तिमी,
आफ्नो बन्न नसके पनि,
अभावको बादल त
छर्लङ थियो,
आँखा बन्द गरे पनि ।
संघियता राष्ट्रको हो,
नलगाउ पर्खाल, अविश्वासको
नगर कित्ता काट, भावनाको,
नकोर नक्सा संघ प्रदेशमा
भाई- भाई बिचको आत्मियताको।
बन्द गर नाकाहरु
चिच्चाहटका किरण
हृदयसम्म पुग्न सक्लान ,
बन्द गर ढोकाहरु
आशुका वेग बग्न सक्लान ।
बुझिदेउ आत्मिय पुकारहरु,
धैर्याताको बाँध ,
फुट्न पनि सक्लान
तर
छ जन्मौ जन्मको
सम्बन्ध ,
सक्दैन छेक्न हुरिले
बगाउन आँधिले ,
टुक्राउन समय
पारीबेशले ,
नवजोश उमंग
नेपाली आकाशमा छ
तिम्रो आगमनको खबरले
तिम्रो आगमनको खबरले