मिलन चाम्लिङ,धरान,२६बैशाख०७५/ धरान उपमहानगरपालिका ८ र १९ नम्बर वडा अन्तरगत पर्ने धनकुटे सडक मार्ग रहेको धनकुटे पुल धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले रिबन काटेर उद्दघाटन गरेको छन ।
पुल संन्चालन भएसंगै बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आउजाउ गर्नको लागि सजिलो भएको छ।पाण्डु केश्वर श्याम कन्ट्र्कसन जेभी धरानले एक करोड तीन लाख नब्बे हजारको लागतमा उक्त पुल तयार पारेको हो।
०७४ पुस मसान्तसम्म एक बर्षमा तयार पार्ने भनि सम्झौता भएता पनि विविध कारण देखाउदै तीन महिना समय थप गरि पुल निर्माणकार्य सम्पन्न गरेको हो।पुलको ११/११ मिटर लम्बाई र चौडाइ रहेको छ। नयाँ पुल संचालनमा आएसंगै स्थानीय बासी हर्सित भएको छ।पुरानो पुल २०७२ भदौ ८ गते राती भत्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्