0 COMMENTS

यौनवर्द्धक औषधिहरुको प्रयोग पछिल्लो समय निकै बढेको छ । तर कतिपयले ती औषधिको सेवनबाट पैसामात्र खेर गएको तथा नकारात्मक असर पुगेको महसुस गर्ने गरेका छन् । यस्तैमा एक भारतीय स्वास्थ्य अनलाइनले यौन क्षमता अभिवृद्धिको लागि घरेलु उपाय सुझाएको छ ।

महः मह एक बहुगुणी खाद्य पदार्थ हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा पाचन प्रणाली आदिमा सहयोग गर्दछ । साथै, यो एक यौनवर्द्धक सामाग्रीको रुपमा पनि खान सुझाइएको छ । यसमा एमिनो एसिड र कार्बोहाइड्रेट प्रचूर मात्रामा पाइन्छ । यसको नियमित सेवनबाट यौन क्षमतावृद्धि हुने बताइएको छ ।
अदुवाः मसलाको माध्यमले पनि यौन क्षमता बढाउन सकिन्छ । दर्जनौै रोगको उपचारमा उपयोगी अदुवाले रक्तसंचार प्रणालीमा विशेष सहयोग गर्दछ । रक्तसंचारको सबलीकरणले यौन क्रियाकलापमा पनि टेवा पुग्छ । उपयुक्त रक्तसंचारबाट यौन जागृत गराइदिन्छ ।
चकलेटः चकलेटको पारखी धेरै छन् । चकलेट सेवनले यौन जागरणमा टेवा दिन्छ । चकलेटले मस्तिष्कको यौन हर्मोन जागृत गराइदिन्छ ।

गाजरः गाजर काँचो र पकाएर दुबै तरिकाबाट खान सकिन्छ । गाजरले पाचन सक्रियता बढाउनुको साथै यौन इच्छा जागरणमा पनि सहयोग पुग्छ । गाजरमा हुने भिटामिनले स्नायु संयन्त्र बलियो बनाउँछ । यसको नियमित सेवनबाट शारीरिक तन्दुरुस्ती हुनुको साथै यौन क्षमता बढाउन पनि सहयोग पुग्दछ ।
सर्स्यूँ : सर्स्यूँ को सेवन पनि यौनवद्र्धक मानिन्छ । यसको नियमित सेवनबाट यौन चाहनावृद्धि हुन्छ । यसले यौन ग्रन्थी सक्रिय पारिदिन्छ ।
लसुनः लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । साथै, यौन क्षमता वृद्धिमा पनि लसुनको सेवन लाभदायक मानिन्छ ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।