0 COMMENTS

काठमाडौं २४बैशाख०७५/ एनजिअाेमा जागिर लगाइदिन्छु भन्दै चर्चमा लगेर जबरजस्ती धर्म परिवर्तन गराउन खाेज्ने तीन महिलालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ परेकाहरूमाथि चितवनको भरतपुर–२७ घर भइ काठमाडौंको सितापाइला बस्ने ३८ वर्षीया लक्ष्मी भट्टराईलाई एनजीओमा जागिर लगाइदिन्छु भन्दै धर्मपरिवर्तन गराउन खोजेकाे अाराेप लगाइएकाे छ । पक्राउ पर्नेमा कास्कीको मच्याङ्गकोट गाउँपालिका ९ घर भइ काठमाडौंको सितापाइला बस्ने ४१ वर्षी सुमित्रा गौलि, काठमाडौं कलंकीकी ३६ वर्षी राधिका महर्जन र चितवनको भरतपुर–१६ की ४२ वर्षीया फुलदेवी भट्टराई रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूले ती महिलालार्इ सितापाइलास्थित चर्चमा लगेर बाइबलको पाठ सुनाएका थिए । साथै जबरजस्ती बप्तिस्मा लिन लगाएपछि लक्ष्मीले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीकाे आधारमा प्रहरीले गत शुक्रबार तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।