0 COMMENTS

लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् ।

लसुन : दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन(चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् । तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल सेलाएपछी दुखेको ठाउँमा मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढाडको समस्या कम हुनेछ ।
बाफ : नुन राखेर उमालेको पानीमा बाक्लो सफा कपडा चोबेर निचर्नुहोस् । दुखेको ठाउँमा उक्त कपडा राखेर बाफले सेक्नुस्।
नुन : कराईमा ३- ४ चमेचा नुन राखेर भुट्नुहोस् । नुनलाई सफा सुतीको कपडामा पोको पारेर कमरमा सेक्नुहोस् । यसबाट तपाँईलाई आराम मिल्नेछ।
ज्वानो: ज्वानोलाई तावामा कम तापमा भुट्नुहोस् । ज्वानो सेलाएपछी बिस्तारै चबाएर निल्नुहोस्। यसको नियमित सेवनबाट कमरको दुखाई कम हुनेछ ।
हिड्नु : धेरै समय एउटै पोजिशनमा नबस्नुहोस्। एकै ठाउमा नबसेर ४० मिनेटको अन्तरमा दायाँ बायाँ हिड्नुहोस्।
नरम ओछ्यान : हिजोआज नदब्ने (कडा) ओछ्यानको प्रयोग बढिरहेको छ । तर त्यसो नभइ नरम ओछ्याउनेको प्रयोगनै उत्तम हुन्छ । नरम विछ्यौनाको प्रयोग गरे ढाडको दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।
क्यालशियम : क्यालशियम प्राप्त हुने खानेकुराहरु खाने गर्नुहोस् । क्यालशियमको कमीले हड्डी कमजोर भई दुख्ने हुनाले तपाईले खाने खाद्ध सामाग्रिमा क्यालशियमको मात्रा भरपुर हुन आवश्यक छ । सबै खानेकुराहरुवाट क्यालशियम पाइन्छ भन्ने छैन त्यसै विज्ञहरुकै सल्लाहमा क्यालशियम युक्त खाद्ध सामाग्रिको जोह गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।