0 COMMENTS

काठमाडौँ नरिवल एक स्वादिलो र बहुगुणी फल हो । यो फल जति माथि फल्छ उति नै धेरै गुणले विद्यमान छ । नरिवल खानुका अलावा तेल बनाउने देखि लिएर विस्कुट लगायतका विभिन्न खाद्य पदार्थ समेत बनाईने गरिन्छ । धार्मिक दृष्टिले कुनै काम सुरु गर्नु अगाडि नरिवल फोड्ने गरिन्छ । नरिवल खानमा जति स्वादिलो छ त्यति नै यसका फाईदाहरु छन् ।
हेर्नुहोस् यस्ता छन् नरिवलका फाईदाहरु ।
१. मष्तिष्क चलायमान राख्छ
नरिवलको पानी मानव मष्तिष्कको लागि अमृत समान हो । हरेक दिन नरिवलको पानी पिउनु हुन्छ भने मष्तिष्कको काम गर्ने क्षमतामा दोहोरो बृद्धि हुन्छ । नरिवलले मष्तिष्कको अल्जाईमर रोग लाग्नबाट बचाउँछ भने अल्जाईमर लागेका व्यक्तिहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।
२. मुटु स्वस्थ राख्छ
नरिवल खानाले मुटु स्वस्थ राख्छ र तपाईलाई दीर्घ जीवन दिन्छ । यसमा पाईने सेचुरेटेड फ्याट तथा ट्रिग्लिसेरिडिजले कोलेस्ट्रोल कम गराउँछ भने यसको पानीले पनि एकदमै फाईदा गर्छ ।
३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
नरिवलमा भरपुृर मात्रामा खनिज, एमिनो एसिड, भिटामिन फाईबर लगायतका विभिन्न पोषक तत्वहरु हुन्छन् । यसले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । नरिवलको पानीले शरिरमा पानीको मात्रा बराबर बनाउँछ र विभिन्न रोग लाग्नबाट बचाउँछ ।
४. तौल घटाउँछ
आफ्नो शरिरको तौल कम गराउनु परेमा हरेक दिन नरिवल पानी आफ्नो भोजनको साथमा पिउनुहोस् । साथै आफ्नो भोजनमा पनि नरिवलको तेल वा नरिवलबाट बनेका पदार्थ मिसाउनुहोस । यसो गर्नाले वजन कम हुँदै जानेछ ।
५. अतिरिक्त बोसो हटाउँछ
नरिवल पानी नियमित पिउने हो भने शरिरमा बोसोको मात्रा घट्दै जान्छ । जब हामी नरिवल पानी वा नरिवल तेल सेवन गर्छौँ त्यसको केही समयसम्म पेट अघाएजस्तो हुन्छ यस्तो महशुश हुँदा हामीले थप खानेकुरा खानुपर्दैन र शरिरमा क्यालोरी पनि थपिँदैन । जसको कारण तौल बढ्दैन ।
६. त्वचा सुन्दर बनाउँछ
नरिवल बच्चा देखि बृद्धबृद्धा सबैलाई उपयोगी छ । अझ महिलाको लागि यो झनै उपयोगी छ । किनभने यसमा विद्यमान फ्याटी एसिडले महिलाको त्वचा सुन्दर बनाउँछ । नरिवलको तेल प्रयोग गर्दा पनि परावैजनी किरणबाट त्वचालाई बचाउँछ ।
७. कपालको लागि अति उपयोगी
नरिवलको तेल कपालको सुरक्षाको लागि अति उपयोगी छ । नरिवलको तेलमा भिटामिन सी, एमिनो एसिड, आईरन फाईबर लगायतका तत्वहरु पाईन्छ । जसले कपाल टुक्रन, झर्न दिँदैन र ्बलियो पनि बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।