0 COMMENTS

धनगढी२४बैशख०७५/ होटेल साथीले सञ्चालन गरेको क्यासिनोमा प्रहरीले हीजाे अपराह्न छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको दशलाख पाँच हजार भारतीय मुद्रा बरामद भएको छ ।

होटेलको क्यासिनोमा छापा मारेर नेपालमा चलनचल्तीमा नरहेका रु ५०० र रु दुईहजार दरका भारतीय मुद्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । प्रहरीले साथी होटेलका व्यवस्थापक सुजन दाहाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

बरामद भएको भारु आन्तरिक राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ । उक्त होटेलमा ‘किंग्स लञ्ज ग्यामिङ क्लब’ नामको क्यासिनो सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।