0 COMMENTS

 महिलालाई पुरुषभन्दा २० मिनेट बढी निद्रा आवश्यक पर्दछ । यस्तो उनीहरुको दिमाग व्यस्त रहनु र बढी काम गरेका कारण हुने गर्छ।

लोबोरो युनिभर्सिटीका प्राध्यापक जिम हार्नेका अनुसार निद्राको मुख्य काम दिमागलाई स्वयम् चुस्त राख्न सक्षम बनाउनु हो । यस क्रममा दिमागको कोर्टेक्सन सम्वेदनाहरुबाट अलग भएर दुरुस्त हुन लाग्दछ। कोर्टेक्स दिमागको त्यो भाग हो जुन भाषा, विचार र सम्झनाका लागि जिम्मेवार हुने गर्दछ ।

जिम भन्छन्, तपाई दिनभरमा दिमागलाई जति बढी प्रयोग गर्नुहुन्छ त्यतिनै ठिक हुनु पनि आवश्यक हुन्छ । त्यही हिसावबाट निद्रा पनि चाहिन्छ । दिनमा धेरै काम गर्ने भएकाले महिलाहरुको दिमाग पुरुषभन्दा बढी प्रयोग हुन्छ । यस कारण उनीहरुलाई निद्रा पनि बढी चाहिन्छ।

प्राध्यापक जिमका अनुसार जुन पुरुष यस्तो पदमा काम गर्दछन्, जसमा धेरैभन्दा धेरै निर्णय लिनु पर्दछ । उनीहरुलाई पनि बढी निद्रा आवश्यक पर्दछ तर महिलालाई जति भने होइन। महिलालाई औषत पुरुषभन्दा २० मिनेट बढी निद्रा आवश्यक पर्दछ । यस्तो यस कारण पनि कि महिलाको दिमाग पुरुषको भन्दा अलग र बढी जटिल हुन्छ । प्रा. जिमका अनुसार पुरुष र महिलामा निद्राको अलग अलग आवश्यकताबाट चल्दछ। पुरुषको दिमाग महिलाको दिमागको तुलनामा चांडै बुढो हुन्छ ।

७२ वर्षिया महिलाको दिमाग ७० वर्षिय पुरुषको दिमाग जति बुढो हुन्छ । जिमले भने, हामी बुझ्न सकेका छैनौ कि यस्तो किन हुन्छ । सत्य त यो हो कि एक महिलाको दिमागलाई आराम गर्नका लागि बढी समय प्राप्त हुने र यसको मर्मतमा यसको जवाफ लुकेको हुन सक्छ ।

उनले भने भलै महिलालाई बढी निद्रा आवश्यक त तर उनीहरुलाई सो अवसर भने प्राप्त हुन्न । नार्थ क्यारोलिनामा भएको एउटा अध्ययनअनुसार महिलाहरु पुरुषको तुलनामा निद्राको विषयमा बढी पीडित हुन्छन् । यसो किनभने महिलाको निद्रा छिटो भंग हुने गर्दछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।