0 COMMENTS

काठमाडौँ, २३ वैशाख ०७५/ काठमाडौँ महानगरपालिकाले जथाभावी पोस्टर पम्पलेट टाँस्ने सात जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीका अनुसार आज उनीहरुलाई बागबजार, पुतलीसडक, न्यूरोड, बिजुलीबजार, तीनकुनेलगायत स्थानबाट नियन्त्रणमा लिएको हो ।

सातैजना बिजुलीको पोलमा पर्चा पम्पलेट टाँसिरहेको अवस्थामा पक्राउ परेका हुन् । कामपाले केही दिन अघि एसइई परीक्षा सकेका विद्यार्थीलाई लक्ष्य गरी विभिन्न सङ्घ संस्थाले पर्चा पम्पलेट टाँसेर सडकलाई कुरुप बनाएको भन्दै त्यसो नगर्न सूचना जारी गरेको थियो ।

जोशीका अनुसार वैशाख महिनाको हालसम्ममा पर्चा पम्पलेट टाँस्नेबाट जरिवाना स्वरुप रु ३८ हजार असुल गरीसकेको छ । कामापाले न्यूनतम रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।