0 COMMENTS

दैनिक जीवनमा यस्ता अनेकन कुरामा हामी ध्यान दिँदैनौं जुन कुराको ठूलो महत्व हुन सक्छ ।के तपाईँलाई थाहा छ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो?

तपाइँले कहिल्यै ख्याल गर्नु भएको छ ? महिला र पुरुषले लगाउने शर्टमा बटन फरक साइडमा हुन्छ । केटीहरुले लगाउने शर्टको बायाँ साइडमा बटन हुन्छ भने पुरुषको शर्टमा दायाँ पट्टी ।

किन हुन्छ यस्तो ?
कारण नम्बर १
हामीले लगाउने शर्टको बटन पनि विभिन्न थ्योरीमा आधारित हुन्छ । दशकौं अघि देखि यस्ता थ्यौरीहरुमा बटनको साइडबारे तर्क दिइएको छ । भनिन्छ कि पहिले पहिले पुरुषहरु आफै कपडा लगाउँथे भने महिलाहरुलाई अरुले कपडा लगाइदिन्थे ।
कारण नम्बर २
त्यस्तै अर्को थ्योरी अनुसार पहिला पुरुषहरु दायाँ हातमा दरबार लिएर हिँड्थे र महिलाहरु बायाँ हातमा बच्चा बोकेर हिँड्थे । पुरुषलाई बटन बन्द गर्न वा खोल्नका लागि बायाँ हातको सहारा चाहिन्थ्यो त्यसकारण उनीहरुको शर्टमा दायाँ पट्टी बटन राख्न थालियो । तर महिलाहरुलाई हातमा बच्चा हुने हुँदा दायाँ हातले बटन खोल्नु पर्ने भएका कारण बायाँ पट्टी बटन राख्न थालियो ।

कारण नम्बर ३
पहिला महिला र पुरुषको परिधानको भिन्नता हुल्थ्यो । तर समयक्रममा महिलाले पुरुषले लगाउने पोषाक लगाउन थाले । तर पनि महिला र पुरुषको शर्टमा हुने बटनको साइड भने कायमै छ ।
कारण नम्बर ४
शर्टको बटन साइडको किस्सा नेपोलियन बोनापार्टसँग पनि जोडिन्छ । भनिन्छ नेपोलियनले महिलाका कपडामा बायाँ भागमा बटन लगाउन आदेश दिएका थिए । नेपोलियनले एक हात शर्टमा राखेर उठ्ने गर्थे । महिलाहरुले उनको नक्कल गर्न थालेपछि उनले बटनको साइडबारे नयाँ नियम बनाएका थिए । त्यसपछि यो चलन कायम रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।