0 COMMENTS

मिलन चाम्लिङ,धरान,२२बैशाख०७५/ पछिल्लो समय व्यापारीहरुको सिण्डिकेटको चर्चा चलिरहेको बेला इटहरीमा भने केहीबेरअगाडी मात्रै बम बिष्फोट भएको छ । शुक्रबार र शनिबार गरिएको बन्दमा सरकारले बन्द गर्नेलाई कारवाही गर्ने बताएको थियो । धरानबाट इटहरीतर्फ गईरहेको मे १ ख २७३४ नम्बरको सूर्योदय बसलाई लक्षीत गरी बम प्रहार भएको थियो ।

घटनास्थलमा खटिएका प्रहरीका अनुसार आर्मी क्याम नजिकै एउटा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले बसलाई लक्षीत गरी रातो झोलामा राखिएको बम प्रहार गर्दा बसमा सामान्य क्षति भएको छ भने बम कसले प्रहार गरेको भन्ने खुल्न बाँकी रहेको छ । अन्य थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।