0 COMMENTS

कल्पना बोहरा , अछाम २२ बैशाख/वैद्यनाथलाई धार्मिक क्षेत्रको रुपमा विकास गरिने पर्यटन मन्त्री अधिकारको आश्वासन रक्षामन्त्री ईश्वर पोखरेलले वैद्यनाथ क्षेत्रको विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेदिक मावि बनाउने उद्देश्यले आयोजित वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवको आज उदघाटन गर्दै रक्षामन्त्री पोखरेलले नेपालका चार धाममध्येको एक धाम वैद्यनाथ धाम पनि भएकाले यसको विकास आवश्यक रहेको बताउनुभएको छ । केन्द्र सरकारले पनि वैद्यनाथ क्षेत्रलाई महत्व दिने बताउनुभयो । उहाँले वैद्यनाथ क्षेत्रको विकासको लागि ठोस योजना ल्याएर आउन आग्रह गर्नुभयो ।

चालु आर्थिक वर्षमा वैद्यनाथ क्षेत्रका विकासको लागि २० लाख रुपैया विनियोजित गरिसकेको बताउनुभयो । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व वोकेको क्षेत्र वैद्यनाथ क्षेत्रको विकासको लागि सरकारले कुनै कसर वाँकी नराख्ने पनि बताउनुभयो । उहाँले वैद्यनाथ क्षेत्रसँगै खप्तड, रामारोशन, वडिमालिका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेदिक मावि बनाउनको लागि केन्द्र सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै महोत्सव उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उप्रधानमन्त्री भीम रावलले वैद्यनाथ धामको धार्मिक तथा ऐतिहासिक महत्वको प्रवर्द्धन हुन नसकेको बताउनुभएको छ । बराहक्षेत्र, पाशुपत क्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले वैद्यनाथ धाम अझै स्तरोन्नती हुने क्रममा रहेकाले अझै थुप्रै भौतिक संरचना निर्माण हुने क्रममा रहेको जानकारी दिनुभयो ।

बुढीगंगा नदीको कटान रोक्नको लागि पहल भईरहेको जानकारी गराउनुभयो । वैद्यनाथ धामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व वोकेको क्षेत्र भएका कारण यस संरक्षण तथा प्रवर्द्धनको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महोत्सव उदघाटन कार्यक्रम वोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैद्यनाथ क्षेत्रको विकासलाई सरकारले मुख्य प्राथमिकतमा राखेको बताउनुभएको छ । वैद्यनाथलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक तथा वाह्रय पर्यटकहरुको आगमन गरेर स्वरोजगारका कार्यक्रमहरु सृजना गरिने बताउनुभएको छ । उहाँले वैद्यनाथ क्षेत्रसँगै यस जिल्लाका पर्यटकियस्थल खप्तड, रामारोशनको विकासको लागि सरकारले पहल गर्ने बताउनुभएको छ ।

यस्तै मन्त्री अधिकारीले जेठ १२ गते साँफेवगरस्थित एरपोर्ट सञ्चलानमा ल्याउने दावि गर्नुभयो । सरकारको १०० दिनभित्रको उपलब्धिक अन्र्तगत साँफेवगर एरपोर्ट सञ्चालन हुने बताउनुभयो । उद्घाटन समारोहलाई श्री १००८ महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्य जी महाराले पनि सम्वोधन गर्नुभएको थियो ।

यस्तै महोत्सवलाई सम्वोधन गर्दै प्रदेश नं.७ का भौतिक तथा पूर्वाधारमन्त्री पठानसिंह वोहाराले वैद्यनाथ क्षेत्रको विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । उहाँले यस क्षेत्रका पर्यटकियस्थल वैद्यनाथ, खप्तड, रामारोशनको विकासको लागि सरकारले पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।