0 COMMENTS

काठमाडौं२२, वैशाख ०७५/ नेपाल सेवा लघुवित्तको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । आइतबार नक्साल स्थित एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिने भएको हो ।

कम्पनीको आईपीओमा २ लाख ८ हजार १३१ जनाको आवेदन परेको एनएमबि क्यापिटलले जनाएको छ । सो आधारमा हेर्दा कम्पनीका आईपीओ आवेदकमध्ये १ लाख ९१ हजार ४ सय ३१ जनाले शेयर प्राप्त गर्ने छैनन् ।

कम्पनीले जारी गरेको कुल १ लाख ८० हजारमध्ये कम्पनीका कर्मचारी र म्युचल फण्डका लागि छुट्याएर १ लाख ६७ हजार कित्ता शेयर बिक्री गरिएको थियो । पछिल्लो बाँडफाँड प्रक्रिया अनुसार आवेदकले गोलाप्रथाका आधारमा १० कित्ता शेयर पाउने भएकाले १६ हजार ७ सय जनाले मात्रै शेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।