0 COMMENTS

गुल्मी २२बैशाख०७५/ गए राति गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले ती दुई स्थानमा वम विष्फोट भएको जानकारी दिए पनि कहाँनिर भनेर पत्ता लगाउन सकिएको छैन । वलेटक्सारको जंगल र सदरमुकाम तम्घासको खानीगाउँमाथीको जंगलमा वम विष्फोट भएको अननुमान गरिएको छ ।

राती सदरमुकाम तम्घासमा वम विष्फोटनको ठुलो आवजले निद्रमा परेका मानिसहरु समेत जागेका थिए । आजको बन्द आव्हान गरेको विप्लप नेतृत्वको नेकपा मओवादीले गएराति साँझ सदरमुकाम तम्घासमा मशाल जुलुश गर्ने सुचना प्राप्त भएपछि दिनैभर सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

वम विष्फोट लगत्तै सदरमुकामको सोही स्थान आसपास मोटर साईकलमा रहेका एक जनालाई नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज बिहानैदेखि गुल्मीमा यातायातका साधन ठप्प छन् ।

चितवनमा पनि विस्फोट
चितवनको राप्ती नगरपालिका भण्डारामा उप मेयरको घर नजिक बम विष्फोट भएको छ । शुक्रवार राति भएको विष्फोटमा उप मेयर ईमानसिङ लामाको घरको झयालका सिसाहरु फुटेको छ ।

त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घर नजिकै ६ एउटा वम भेटिको छ । बम डिस्पोज गर्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ । बम पड्काउनेको खोजिकार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।