0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ,२१बैशाख०७५/  सत्य तथ्यमा अाधारित ,निश्पक्ष , स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारहरु कहिल्यै असुरक्षित नहुने एक कार्यक्रमका सहभागी बताएका छन् । नेपाल पत्रकार माहासंघ जिल्ला साखा लमजुङकाे अायाेजना र अारसिडिसी सहयोगमा अायाेजित बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विपद् व्यवस्थापनमा मिडियाकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त विषयमा चर्चा भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले प्रेस स्वतन्त्रता हनन हुन नदिन सबै चनाखो हुनुपर्ने बताउनुभयो । देश र नागरिकका हितमा भनेर गरिएको हरेक अान्दोलनमा पत्रकारहरुले नेतृत्व दायि भुमिका निर्वाह गरेको , मुलुककाे हरेक परिवर्तन मिडियाकाे सहयोग विना सम्भब नहुने बिचार राख्नुभयाे ।

देश र नागरिकको हितमा र सामाजिक बिकृति , भ्रष्टाचार ,कुशासन बिरुद्ध सम्पूर्ण पत्रकारहरु एकजुट भएर लड्नु पर्ने उहाँको सुझाव थियोे । पत्रकारिता क्षेत्रमा पनि केही बिकृति रहेकोले त्यसलाई शुद्धीकरण गर्नुपर्ने धारणा राख्नुभएको थियोे । स्थानीय तहले उनिहरुकाे अनुकूल नहुने रेडियो पत्रपत्रिका बन्द गर्न सक्ने कानुनले प्रेश स्वतन्त्रता हनन हुने भन्दै सच्याउनुपर्ने उहाँको तर्क थियो । कार्यक्रमका अध्यक्ष नेपाल पत्रकार माहासंघ जिल्ला साखा लमजुङका अध्यक्ष अास गुरुङले पत्रकारहरुले स्वतन्त्र ,निश्पक्ष , सत्य तथ्यमा अाधारित पत्रकारिता गर्नुपर्नेमा जाेड दिनुभयो ।

पत्रकारकाे धर्म ,ईज्जत् ,मान मर्यादामा,प्रतिष्ठा भित्र रहेर कलम चलाउदा पत्रकार माथि अाई पर्ने हरेक समस्याको जिम्मेवारी अाफुले लिने उहाँको भनाइ थियोे । लमजुङकाे पत्रकारिता खासै समस्या नभएको र सानातिना समस्याहरु देखापरेपनि छलफल गरेर समाधान हुने गरेको बताउनुभयो । कार्यक्रममा विपद् व्यवस्थापन सम्बन्धि कार्यपत्र अारसिडिसी लमजुङका कार्यकारी निर्देशक राजेन्द्र बाेहाेराले प्रस्तुत गर्नुभएको थियोे भने कार्यपत्र माथि टिप्पणी नेपाल पत्रकार माहासंघका पुर्ब केन्द्रीय सदस्य किशान संगित र रेडियो मर्स्याङ्दिका स्टेसन म्यानेजर मीना गुरुङले गर्नुभएको थियोे ।

नेपाल पत्रकार माहासंघ जिल्ला साखा लमजुङका अध्यक्ष अास गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ४ समिति सदस्य कमला केसी ,सल्लाहकार द्वय कृष्ण केसी र परमेश्वाेर अधिकारी ,संस्थापक अध्यक्ष नवराज पहाडी लगाएतले अा- अाफ्नाे धारणा राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य उपाध्यक्ष विमला अधिकारी र सहजिकरण सचिव सन्देश पाैडेलले गर्नुभएको थियोे 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।