0 COMMENTS

काठमाडौं २०बैशाख०७५/ यातायात ब्यवसायीहरु सरकार विरुद्धको आन्दोलनको पक्ष र विपक्षमा उत्रिएका छन् । सिण्डिकेट अन्त्यका लागि सरकारले ल्याएको नयाँ निर्देशिकाविरुद्ध केही यातायात ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । तर कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका करिब ५० कम्पनीले आफूहरु गाडी चलाउन तयार रहेको जनाएका छन् ।

त्यसका लागि सरकारले सुरक्षा दिनुपर्ने माग उनीहरुको छ । यातायात व्यवस्था विभागमा भएको छलफलमा बिहीबार करिब ५० कम्पनीका सञ्चालकहरुले सरकारले सुरक्षा दिए आफूहरु बन्दका बेला पनि गाडी चलाउन तयार भएको बताएका हुन् ।

सिण्डिकेट अन्त्यको लागि कडा कदम चालेको सरकारले यातायात बन्द गरी ग्यारेजमा थन्क्याएका गाडी कब्जामा लिई आफै चलाउने बताएको छ । सरकारले त्यस्ता ब्यवसायीको रुट परमिट समेत खारेज गरिदिने जनाएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आन्दोलन स्वरुप भोलि शुक्रबार देशभरका गाडी ग्यारेजमा थन्क्याउने घोषणा गरेका छन् ।

सरकारले जारी गरेको निर्देशिका फिर्ता नलिए २७ गतेदेखि करिब २ लाख सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि ग्यारेजमा थन्क्याउने घोषणा गरेका छन् ।यातायात व्यवस्था विभागले बिहीबार कम्पनीका सञ्चालकहरुसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।