0 COMMENTS

मिलन चाम्लिङ,२०बैशाख०७५/पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा आज धरानमा बिश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ।धरान भानुचोक स्थित घण्टाघरबाट प्रभात फेरि निकालेर छाता चोक हुदै धरान उपमहानगरपालिकाको कार्यलयमा पुगेर प्रभातफेरी समापन भएको थियो ।समापन सकिए लगातै पत्रकार महासंघ सुनसरीले आयोजना गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले आआफ्नो भनाइ राखेको थिए।भने पत्रकारहरुले लोकतन्त्रमा पनि प्रेस जगत असुरक्षित रहेको भन्दै सरोकारवालाहरुले पुर्ण प्रेस स्वतन्त्रताको ज्ञारेन्टि गर्न सरकारसँग माग गरेका छन् ।

प्रेस स्वतन्त्रताकाे विषयमा बाेल्दै धरान उपमहानगरका उप-प्रमुख मन्जु भण्डारी सुवदि बोल्दै लोकतन्त्रमा पनि प्रेस स्वतन्त्रता हनन् हुनु दुर्भाग्य भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सुनसरीमा प्रेस स्वतन्त्रताका बिरुद्धमा हुने जस्तासुकै कार्यलाई नियन्त्रण गर्ने बताए ।

उनले सञ्चार क्षेत्रमा पनि केही बिकृती रहेको भन्दै अहिले समाचारको बिषयलाई लिएर भन्दा ब्यक्तिगत रिसइबीका कारण घटना हुने गरेको बताए । अभिव्यक्तिकाे स्वतन्त्रता सबैमा भएको तर बिना अनुसन्धान मनोमानि ढंगले अरुको चरित्र हत्या गर्ने अधिकार कसैमा नभएको उप्रेतीले बताए । पत्रकारहरु पनि स्वच्छ छवि नभएको कारण प्रेस स्वतन्त्रता हनन भएको राष्ट्रिय दैनिक फास्ट टाइम्सको सम्पादक तथा पत्रकार महासंघ सुनसरी शाखाको सल्लाहकार केशव घिमिरेले बताउनु भयो ।कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चारकर्मी, राजनैतिक दलका नेता, प्रदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।