0 COMMENTS

काठमाडौँ२०बैशाख०७५/ युवक र युवतीबिच विवाह हुनु सामान्य कुरा हो । तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रूपमा लिन सकिन्न ।

राजधानी दैनिकका अनुसार, धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युवकसँग विवाह गरेको घटना सार्वजनिक भएपछि गाउँले आश्चर्यचकित भएका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय राजकुमार राईले युवतीको भेष बदलेर छिन्ताङ मूलधावाका २७ वर्षीय विपीन राईसँग विवाह गरेका हुन् । युवतीजस्तो बनी झुक्याएर युवकसँग विवाहबन्धनमा बाँधिँदै स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

उनको ठग्ने शैली देखेर स्थानीय मात्रै होइन, प्रहरी पनि आश्चर्यमा परेको छ । हेर्दा युवतीजस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेको पाइएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

विपीन वैदेशिक रोजगारीका लागि भारतमा भएका बेला फेसबुकमार्फत उनीहरूबिच चिनजान भएको थियो । राजकुमारले युवतीजस्तो बनेर विपीनसँग सम्बन्ध विस्तार गरे । विपीन स्वदेश फर्किएपछि उनीहरूले भागी विवाह गरेका हुन् ।

तर आफूसँग विवाह भएको मान्छे पुरुष नै हो भनेर विवाहअघि भने केही थाहा नपाइएको विपीनको भनाइ छ । उनले गाउँलेले थाहा पाउँदा बेइज्जत हुने डरले गुपचुप बस्न बाध्य भएको जानकारी दिए ।

दुलही बनेर आएका राजकुमार युवतीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि युवतीको जस्तै बनाएर बोल्न जान्दथे । लामो कपाल पालेर केटीजस्तै देखिने उनी छिमेकीहरूसँग पैसा सापटी माग्दै हिँड्ने गरेका थिए । तर भोजपुरस्थित घरबाट खोजी भएपछि उनी केटी नभई केटा भएको पर्दाफास भएको हो । राजकुमारले केटीसँग विवाह गरी डेढ वर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।