0 COMMENTS

बाँके १९बैशाख०७५/बाँकेको नेपालगंन्ज स्थित धम्बोझी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले असुरक्षा देखाउँदै विभिन्न ठाउँका कारागारमा सारिरहेको प्रती ढकाल परिवारले आपत्ती जनाएको छ ।

ढकाल परिवारले प्रेस विज्ञप्ती प्रकाशीत गर्दै रिगल ढकालकाे बाँके जिल्लामा मुद्दा चलीरहेको र सम्मानीत जिल्ला अदालतले सुनाएको फैसलाको लिखित कागजात नबुझिसकेको अबस्थामा पनी गृह प्रशासनले बिना कारण पटक पटक  विभिन्न कारागारमा सार्ने कार्य प्रती परिवारजन असन्तुष्टी रहेको उल्लेख गरीयकाे छ ।

यस भन्दा पहिले ढकाललाई प्रहरीले पुर्पक्षका लागी नेपालगंज कारागारमा राखेको थियो । पछि असुरक्षा देखाउदै प्रहरी प्रशासनले जिल्ला कारागार बर्दियामा सारेको थियो । विगत ८ महिना देखी बर्दिया कारागारमा रहेका ढकाललाई प्रहरी प्रशासनले सुनसरी जिल्ला कारागारमा लैजाने तयारी भैरहेको परिवारले थाहा पाए पछि ढकाल परीवारले प्रहरी प्रसासनकाे उक्त कार्यप्रती आपत्ती जनाएको हो ।

कानुनी मर्यादा पालना गर्दै आत्मसमर्पण गरेको अवस्थामा पनी निजलाई पटक पटक कारागार सार्ने कार्यले परिवारलाई मानसिक यातना र थप शंका उत्पन्न गराएको ढकाल परिवारले  बताएकाे छ  । प्रहरीप्रसासनले यसरी कानुनको दायरामा आएको ब्यक्तीलार्इ बिनाकारण पटक  पटक कारागार परीवर्रतन गर्दै  अन्यत्र सार्ने काम तत्काल बन्द गर्न रिगल ढकालकाे तर्फबाट  दिदि रन्जिता ढकाल,अामा रन्जना ढकाल तथा श्रीमती पुजा थापा,ढकालले प्रेश बिज्ञप्ती मार्फत  माग गरेका छन ।

 परीवारका अनुसार यदि रीगललार्इ आवश्यकता अनुसार कारागार सार्नु पर्ने अवस्था आए रीगलकाे सुरक्षाको पुर्ण प्रत्याभुती दिलाउन समेत माग राखेका छन । अन्यत्र सार्नु पर्ने अवस्था आए परिवारलाई भेटघाट गर्न सजिलोका लागी  प्रदेश नं. ५ अन्तर्गतका सहज जिल्लाका कारागारमा राख्न समेत नेपाल सरकार संग  विज्ञप्ती मार्फत माग राखेका  छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।