0 COMMENTS

 

कल्पना बोहरा अछाम १९ बैशाख/दिपायल बिधुत स्टेसनमा पुन आगलागि भयको छ । बिहान ८ बजेको समयमा आगलागि हुदा ट्रान्सफरमर जोडने तार हरु जलेर नस्ट भयका छन ।

स्टेसनका फिडर हरु पनि जलेका छन । आगलागि अछाम लाईनमा चट्याङका कारण भयको हुन सक्ने बिधुत कार्यालयका कर्मचारि भरत द्वारियाले बताए । करिब १० मिनेटको प्रयास पछि आगलागि नियन्त्रणमा आएको छ । आगलागि हुदा डोटि र अछाममा बिधुत अबरुद्ध छ । बिगत केहि दिन देखिको लागातार हावाहुरिले गर्दा डोटिका ग्रामीण भेगमा धेरै दिनदेखि बिधुत अबरुद्ध थियो । गत बर्ष पनि स्टेसनमा आगलागि भएको थियो आगलागि बाट ट्रान्सफरमर र फिडरहरु सबै जलेर नष्ट भएका छन । करिब ७ र ८ दिन पछि सबै नयाँ उपकरणहरु जडान भएका थिए । बर्ष दिन नपुग्दै पुन आगलागि भयको र आगलागीबाट के कती क्षेती भयो क्षतिको बिबरण आउन भने बाकि छ । घटनाको प्रकृती अनुसार विद्युत नियमित सञ्चालन हुन एक हप्ता लाग्न सक्ने जनाईएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।