0 COMMENTS

मेवा
मेवामा पपन नामक इन्जाइम हुन्छ । जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसबाट विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइनछ । त्यसैले मेवाको सेवनको २४ घन्टा भित्रै पाचन प्रक्रियामा सकारात्मक प्रभाव देखिन थाल्छ ।

दही
दहीमा यस्तो रासायनिक पदार्थ हुन्छ, जुन दुधमा समेत पाइँदैन । त्यसैले दुधभन्दा दही बढी स्वस्थकर मानिदैन । यसको सेवनले पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्यामा पनि राहत मिल्छ ।

केरा
केरा फाइबरयुक्त फल हो । यसले इन्सुलिन र कैयौँ स्वस्थकर ब्यमक्टेरिया वृद्धि गर्ने भूमिका खेल्छ । त्यसैले पाचन प्रक्रियामा गडबडी आएमा केराको पनि सेवन गर्न सकिन्छ ।

अदुवा
अदुवालाई दैनिक खानामा प्रयोग गरेर खान सकिन्छ । यसले खाना पचाउने इन्जाइम उत्पादनमा भूमिका निर्वाह गर्छ । एक गिलास मनतातो पानीमा दुई चम्चा अदुवाको रस राखेर पनि प्रयोग गर्न सकिन्छ ।

स्याउ
स्याउमा अत्याधिक फाइबर हुने भएकाले पाचन समबन्धि समस्या भएमा नियमित रुपमा प्रयोग गर्न सकिन्छ । खाना खाएको १५ मिनेट पछि स्याउको प्रयोग गर्दा पाचन प्रणालीलाई चुस्त राख्ने काम गर्छ ।

भुइँकटहर
पाचनका लागि भुइँकटहर पनि निकै उपयुक्त फल हो । यसमा ब्रोमेलिन इन्जाइम हुन्छ,जसले खाना पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।