0 COMMENTS

सुन लोककै वहुमुल्य चिज हो । विश्वका मुद्राहरुको मूल्य सुनको मूल्यसँग प्रत्यक्ष रुपमा जोडिने भएको हुन्छ । कुनैपनि मुलुकले यसलाई विभिन्न प्रयोजको लागि याआत र निर्यात गरिन्छ । धेरै देशहरुले ठूलो परिमाणमा सुन राखिरहेका छन् । विश्व सुन आयोग अन्तरगत वर्ल्ड अफिसियल गोल्ड होल्डिंग्सको सन् २०१७ को नोभेम्बर सम्मको तथ्यांक अनुसार विश्वमा सबैभन्दा धेरै सुन टपटेन देशहरु यी हुन् ।

१. अमेरिका: अमेरिकासँग ८१३३.५० टन सुन भण्डारण रहेको छ । अमेरिका विश्वमा सबैभन्दा धेरै सुन राख्ने देश हो । देशका विभिन्न ठाउँमा रहेका सुन भण्डारण केन्द्रमा अमेरिकाले सुन राखेको छ । चर्चित नक्स फोर्ट सुन भण्डारण गरिएको एक उल्लेखनीय स्थानमा पर्दछ ।

२. जर्मनी: विश्वमा सबैभन्दा धेरै सुन थुपार्ने दोश्रो देशमा पर्दछ जर्मन । जर्मनीसँग ३३७३ टन सुन रहेको छ । जर्मनीले न्युयोर्कको फेडेरल रिजर्भ बैंक, बैंक अफ इंगल्याण्ड तथा फ्रान्सेली बैंक लगायतमा समेत आफ्नो सुन राखेको छ ।३. अन्तराष्ट्रिय मुद्रा कोष: अमेरिका र जर्मनीपछि सबैभन्दा धेरै सुन भण्डार अन्तराष्ट्रिय मुद्रा कोष सँग छ । आइएमएफसँग २८१४ टन सुन रहेको छ ।

४. इटाली: सुनको चौथो ठूलो भण्डारण रहेको देश इटालीसँग २४५१ टन सुन रहेको छ । इटालीको उक्त सुनको स्वामित्व उसको केन्द्रिय बैंकसँग नभै इटालिया बैंकसँग छ । इटालीको उक्त सुन रोमसँगै स्विजरल्याण्ड, अमेरिका तथा बेलायतका बैंकहरुमा रहेको छ ।

५.फ्रान्स: फ्रान्ससँग २४३५.९० टन सुन रहेको छ । यो मध्ये धेरैजसो १९५० देखि १९६० सम्मको अवधिमा खरीद गरेको बताइन्छ ।

६. चीन: विश्वको सबैभन्दा ठूलो सुन उत्पादक चीनसँग १८४२.६ टनमात्र सुन रहेको छ । चीनमा मध्यमवर्गको तिव्र उत्थानसँगै सुनको माग पनि उच्चदरमा बढिरहेको छ ।

७.रसिया: अर्बौ डलरको सुन उद्योग रहेको रुसमा १७७८.९० टन सुन रहेको छ ।

८.स्विजरल्याण्ड : सबैभन्दा धेरै सुन भएको देशमा आठौँ स्थानमा रहेको स्विजरल्याण्डसँग १०४० टन सुन रहेको छ ।

९. जापान : जापानसँग ७६५.२० टन सुन रहेको छ ।

१०.नेदरल्याण्ड: ६१२.५ टन सुनसँगै नेदरल्याण्ड दशौँ स्थानमा रहेको छ । हाल एम्सटर्डममा रहेको सुनको गोदामलाई जेइस्टमा निर्माणधिन गोदाममा सार्ने विषयमा नेदरल्याण्डमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।