0 COMMENTS

मिलन चाम्लिङ,धरान,१८बैशाख०७४/ पुर्ब पर्यटनको लागि संभावना बोकेको क्षेत्र हो त्यसैमा धनकुटा जिल्ला साङ्गुरिगढी गाउँपालिका वडा नं-४ तिनताले (साबिक फाक्सिब-६) मा किरातेश्वर महादेव मन्दिर फेला परेका छन ।किरातेश्वर मन्दिर मास्तिर शिवजी पार्वती नाग गुफा थुप्रै देवता(माङ)हरुले बाँस गरेको स्थान छ।

२०७३ सालमा स्थापित किरातेश्वर महादेवको मन्दिर स्थानीय ब्यक्ति हाल त्यही कार्यरत पुजारी पदम बहादुर नेम्बाङले आफुले सपनामा बारम्बार भगवानको रूपमा आइरहेको मलाई संरक्षण गर भनी रहेको कारण ४/५ चोटि खोजी गर्दा मात्र भेटिएको हो भन्नुहुन्छ ।वहाँले भन्नुभयोकी, मैले त्यही ठाउ सपनामा बारम्बार देखी रहेको भगवानको रूपमा आउने सरण माग्ने तर चिन्न नसकिने आज सपनामा देख्ने भोलि पल्ट त्यो ठाउँमा गएर हेर्दा केहि नहुने ।

बारम्बार सपनामा देखी रहदा के चाहिँ रहेछ भनेर खोजी गर्दै जादा जमिन मुनि सानो टाउको मात्र देखिएर पुरै शरीर जमिन भित्र रहेको थियो हामीले खनेर निकाल्यौ । सोही स्थानबाट सरस्वतीको मुर्ति पनि माता आएर निकाल्दिनु भयो । यो क्षेत्र यतिमा मात्र सिमित छैन थुप्रै भगवानहरुले बास गरेको स्थान हो भनेर माताले भनिरहदा स्थानीय मान्छेले मन्दिर देखीमाथी रहेको बरको घास काट्ने क्रममा चोट पर्नु खुट्टा भाचिनु,मन्दिर वरिपरि घाँस काट्दा छोरि बुहारी बिरामी हुनु, एउटाै घरको तीन सदस्य बिरामी पर्नु केहि त कारण होला त्यस स्थानमा केहि त होला भनेर खोज्दा शिवजी पार्वती नाग गुफा फेला परेको हो भन्नु हुन्छ ।

सपनामा भेटिएको कारण पनि यो मन्दिरमा थुप्रै भक्तजनहरुको आगमन हुने गर्दछ पुर्बको झापा, बिराटनगर, दमक, धरान, ईटहरी जस्ता थुप्रै सहरहरुबाट घुम्नको लागी पुजा गर्नको लागी आउने गर्दछन । विशेष गरि गुफा हेर्नको लागी त्यस ठाउँमा पर्यटकहरु पुग्ने गर्दछन । अनौठो किसिमको गुफा रहेको छ त्यस स्थानमा जसलाई शिवजी पार्वती नाग गुफा भनेर भनिन्छ । गुफाहरुमा थुप्रै देवताहरुले बास गरेको आफ्नै आफ्नै गुफा रहेको छ ।

के बिश्वास छ भने यो मन्दिरमा हामी परदेश गयौं । कुनै नयाँ कामको थालनी गर्यौ । शिक्षाको क्षेत्रमा ज्ञान शक्ति माङ्नु छ भने दिने बिश्वास दिलाउनु हुन्छ पुजारी बा टाढा टाढा बाट शिक्षा माग्न यहा सम्म आउने गर्दछन बिद्यार्थीहरु पनि भन्नु हुन्छ । सोही मन्दिरमा एकजना बोल्न नसक्ने बालकलाई बोली मागी दिदा बोल्न सक्ने भएको छ । वहा भन्नु हुन्छ, एकजना नानी बालक स्वर न आउने बोल्न नसक्ने बाबु ल्याको थियो । मैले तीन महिना सम्म बोली मागी दिए उ तीन महिना पछि बोल्न सक्ने भयो भनेर भन्नु हुन्छ वहा फेरि जोड्नु हुन्छ त्यस्तै बोली नआउने अर्को बालक पनि ल्याएको थियो तर मन्दिरले उसलाई थापेना मैले चिनी हाले भनेर भन्नु भयो । छोरा माग्दा छोरा नै हुने बिश्वास पनि रहेको कुरा बताउनुहुन्छ । अहिले सम्म ३ जना महिलाले छोरा मागेका र उनिहरुको छोरा नै भएको कुरा उनिहरूले  बताए ।

भरखरै मात्र स्थापित भएको कारण बिकासको काम पनि भैरहेको छ अहिले सम्म जति पनि गरेका छौ स्थानीयले मात्र गरेका छौ केही आउने भक्तजनहरुले सहयोग गर्नु भएको छ ।

मन्दिर ब्याबस्थापनको लागि वडाबाट बजेट छुटाएर ब्याबस्थापनमा लागि परेको छ पर्यटन क्षेत्रमा बिकास गर्ने छौ भन्नू हुन्छ संरक्षक समितीका सदस्य जिबन ईवाहाङ लिम्बु । पर्यटन क्षेत्रको हिसाबले एकदम उपयुक्त राम्रो स्थानको रुपमा हेर्न सकिन्छ किनकि लेउतीखोलाको किनारमा पर्दछ किरातेश्वर मन्दिर एक त पहाडमा पर्ने भएको हुदाले मदेशबाट थुप्रै पर्यटकहरु पहाड आउने गर्दछन । नजिकै नमस्ते झरना पनि छ झरनामा कयौं पर्यटकहरुको आगमन भैरहन्छ उनिहरुलाई मन्दिर गुफा सम्म पुर्याउनु सक्यौं भने पर्यटनमा बिकास हुन सक्ने कुरामा पनि जोड दिनु हुन्छ मन्दिर संरक्षण समिति सदस्य लिम्बू।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।