0 COMMENTS

कल्पना बोहरा,अछाम १८ बैशाख/नेपालका चार धाम मध्यको एक धाम बैद्यनाथ अछाममा यहि वैशाख २२ गतेबाट सुरु हुने वैद्यनाथ लक्ष्य हवनात्मक अर्धकुम्भ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको करिब ९० प्रतिशत काम पुरा भएको आयोजकले जानकारी दिएको छ । स्टेच निर्माणदेखि अन्य भौतिक पूर्वाधारका कामहरु अन्तिम चरणमा पुगेको वैद्यनाथ लक्ष्य हवनात्मक अर्धकुम्भ महोत्सवका अध्यक्ष तथा प्रदेश सभा सदस्य गोविन्द कुँवरले जानकारी दिनुभयो । उहाँले महोत्सवको काम तिव्र रुपमा अघि बढेकाले दुई दिनभित्र सम्पूर्ण काम सम्पन्न हुने बताउनुभयो ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री केपि शर्मा आलिले गर्ने निश्चित भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको अछामको विकासमा ध्यान गराउनु सँगै वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद मावि बनाउनको लागि महोत्सवको प्रधानमन्त्रीबाट उदघाटन गर्न लागिएको जानकारी दिनुभयो । महोत्सव नजिकिदै जाँदा प्रदेश नं.७ का जिल्ला लगायत वाह्रय जिल्लाबाट भक्तजनहरुको आउने क्रम सुरु भएको अध्यक्ष कुँवरको भनाई रहेको छ ।

बुढीगंगा नदीमा स्नान गरी बैद्यनाथ बाबाको पुजाआजा गर्दा मनोकांक्षा पूरा हुने र पुण्य कमाईने जनविश्वासका कारण वैद्यनाथ क्षेत्रमा आएको महेन्द्रनगरबाट आएको गणेश केसीले जानकारी दिनुभयो । उहाँले वैद्यनाथ क्षेत्रको वारेमा यस अघि नाम सुने पनि पहिलो पटक वैद्यनाथ वावाको दर्शनको लागि अछाम पुगेको बताउनुभयो । वैद्यनाथ क्षेत्रको अवलोकन गर्न पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो ।

वैद्यनाथ वावाको दर्शनको गर्दा मनोकांक्षा पुरा हुने जनविश्वासका कारण काठमान्डौंबाट आएको पुर्खाैली घर भएका शंकर शाहको भनाई रहेको छ । आफ्नो पाँचौ अघिको पुस्ताबाट अछामबाट मकवानपुर गएको बताए । आफ्नो पुर्खाको जन्मथलो वैद्यनाथ क्षेत्रको वारेमा सुनेको हुँदा आफू वैद्यनाथ वावाको दर्शनको लागि आएको बताउनुभयो । उहाँले वैद्यनाथ क्षेत्रको परापूर्वकालदेखिको ईतिहाँसदेखि २२÷२४ राज्यका हातहतियारको वारेमा वुझ्न पाउँदा खुसी लागेको बताउनुभयो । धार्मिक तथा पर्यटकिय धरोहरको रुपमा रहेको वैद्यनाथ विकासमा राज्यले ध्यान दिनुपर्ने वैद्यनाथ क्षेत्र विकास समितिका संस्थापक संरक्षक सुरत बहादुर शाहको भनाई रहेको छ ।

उहाँले आफूले वैद्यनाथ क्षेत्रको विकासको लागि तीन दशकदेखि लाग्दै आएको बताउनुभयो । सुदूरपश्चिम पहिलो आयुर्वे्दिक विद्यालयको स्थापनासँगै वैद्यनाथ वेद विद्याश्रमको स्तरउन्नती गर्नको लागि आयोजना हुन लागेको महोत्सवलाई सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । वैद्यनाथ लक्ष्य हवनात्मक अर्धकुम्भ महोत्सव वैशाख २८ गतेसम्म् सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।