0 COMMENTS

झापा१८बैशाख०७५ / झापाको भद्रपुर नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–१ निवासी ५२ वर्षीय बलकुमार तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ उनलाई करेन्ट लागेको थियो ।

किचकबध सहकारी संस्थाले खोलेको किचकबध दूध डेरीमा दूध बेच्न लगेका तामाङलाई चिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते तामाङलाई भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।