जब कुनै नारी र पुरुषको बिहा हुन्छ र बिहा पछि नारिले चाहिँ आफ्नो जन्मकासाथै लिएर आएको थरको पछाडि तिनै पति यानी पुरुषको नाम थर जोड्न पर्ने पुरुषले चाहिँ किन त्यो श्रीमतीको थरलाई आफ्नो नामको पछाडि जोडदैन्न बिहा त दुबै जनाको भएको हुन्छ नि हैन ? एकजना साथीले सोधिन्: तीमि अझै बुवाको थर किन लेख्छौ , श्रीमान को थर मन पर्दैन र? मैले भने: सुरु मा बाउकै थर स्थाई रैछ भन्ने भानमा थिए, लेख्दै आएँ तर ग़लत रहेछु, बिवाह पछि थर त अझै परिवर्तन हुनै बाक़ी रहेछ ।
भन्दै गए: अब म अलमलमा छू, बाउक़ो थर लेखौ की श्रीमान को लेखौ लेख्न पाए त मलाई आफ्नै कहिले नबदलीने थर लेख्न मन छ एकचिम्टी सिंदुर र एकत्यान्द्रो पोते लगाईदिदैमा नारी माथी आफ्नो अधिकार जमाउन खोज्ने पुरुष आफ्नो हुदैन आफ्नोहुनत मनभित्र देखि जोडिएको नाता हुनपर्छ । अनि त्यही पोते र सिन्दुर सङसङगै फेरिएको अस्तित्व परिचय फेरिएको गोत्र बन्धन भित्र कहि सपाट त कहि कालोमैलो साइनो छोरीबाट कसैकी पत्नी बुहारी अनि आमा साइनो भित्र नुतन जीवन र परिवेशमा फूल्न खोज्दा समयको बक्ररेखामा जेलिएर कहिले कता कहिले कता रिक्तता र तिक्ततामा लम्पसार परेको जिन्दगी भित्र रुमलिएका हजारौ सपनाहरुको चिहान बनाएको मुटुले कहिले काहीँ अनवरत अस्तित्वमा धावा बोल्छ अनि आजकाल, अस्थिपन्जरले सियो बनेर चस्स चस्स घोच्न पनि थालेको छ सेतो कात्राेमा बेरिएका हज्जारौ लासले तर्साउन थालेका छन ! बाच्ने अनन्त आशा त उस्ले पनि काहा मार्न सक्छ र ? सुक्दै गरेको रुखलाई चरिले पनि छोडेर अन्तै बसाइ सर्छे बाच्ने अभिलाषा बोकेर , आखिर अनुकुलता र प्रतिकुलता जे भए पनि जीवन त चलाउनु नै छ सास रहे सम्म आश रहन्छ अधेराे रात पछि उज्यालो हुन्छ भने झै भोलि मेरो जिवनमा पनि सुर्योदय कसो नहोला ? रङगहरुको बैँस चोरेर फूलहरुको महक घोलेर एक केटीको बिवाह एक मरनच्यासे, सुईखुट्टे,फुकिढल पुरुषसंग नै किन नहोस उसको इच्छा बिपरित यदी त्यस श्रीमतीले केही पनि कदम उठाए त्यस श्रीमतीलाई मरणासन्न हुने गरि कुट्छ , उसलाई पाउमा राखेर हिडछ ।
उ श्रीमानको अगाडि निहुरिन्छे, स्वामी, नाथ, प्रभु भनेर अनुनय बिनय गर्छे किन ? तिनी सिहं भएर पनि कमिलासंग डराउछे किनभने उसमा महिला भएकोमा हिनता भाव छ भने पुरुषमा सम्पूर्ण पुरुषहरुको शक्ति केन्द्रित छ । उसमा उसका पूर्वजहरुद्धारा हस्तान्तरित पुरुषत्वको घमण्ड छ । जुन उ नारी माथि मात्र प्रयोग गर्न सक्छ । सपनाहरुको कम्पोस्ट मल बनाएर तिमी र तिम्रा बंशधारका निम्ति चौबिसै घन्टा खटिन्छौ हामी पहाड जत्रो देखिने चुलिएको काम छैन तर , सधैको हतारो सधैको चटारो तैपनी तिम्रा आखाले देख्दैन हाम्रो कर्म तिम्रो मस्तिस्कले सोच्न सक्दैन हाम्रो मर्म भालेको डाकसङगै आफुलाइ तङ्गर्याए पछि दिनमा चुक नघोप्टिए सम्म घर र घरमुलिको सेवा जब रात निदाउछ चकमन्न अन्धकारमा मस्त निन्द्रामा हुन्छन निर्जीव घरहरु पनि थकित र गलित हाम्रो शरीरले आराम खोजे पनि मनमौजी एकतर्फी चाहनाका लागि आफुलाइ सुम्पनै पर्ने हाम्रो बाध्यताले जाग्राम बस्नै पर्छ , उसको नयाँ जीवनको शुरुवात त भयो तर भविष्यको अन्त पनि त्यसै साथ भयो अब उसको संसारमा यही भाग्य र जीवन हो बिवाह पूर्व देख्ने गरेकी सपना सार्थक नहुने भए पनि कम्तिमा बिपनामा सो को आशा सम्म लिएर बाचेकी त थिई तर आज बिवाह पाश्चात उ निस्सासिन्छे अनि पीडायुक्त भावनामा डुब्छे सदा सदाको लागि यै पति यै घर अब तिनलाई न अरु कुनै कुराको प्रतिक्षा हुन्छ न अरु कुनै चिजकै आशा हुन्छ ।
त्यसैले यो बिवाहले महिलालाई पुरुषको भोगको बस्तु अनि जीवनभरको दाश बनाएको हुन्छ । बलज्याक भन्छन, “पत्नी त्यो रुप हो जुनकी पतिले उसलाई बनाउछ” त्यसैले बिवाह भनेको मात्र शारिरीक प्रेम हो, सत्य त यो हो कि नारीमात्र काम पुरुषको सेवा गर्नु र पुरुषको नानी जन्माउने मानवयन्त्र हुन। बिना प्रेम बिना सहमती क्षणिक सन्तुस्टिका खातिर नारी भबना सग खेलेर पुरुषको पुरुषार्थको पछाडि महिलाको प्रत्यक्ष या अप्रत्यक्ष हात रहिआएको तथ्य तपाई स्वीकार्नु हुन्छ, हैन ? हो यो समाजमा पुरुष आफू मात्र ठूला बन्न चाहन्छन् । उ नारी माथि शासन गर्न चाहन्छ बलिदान दिन सक्ने तर कामबासनाको तृप्ती पछि नारीलाई गौण बस्तु देख्ने प्रबृतिको हावी पुरुषमा भएकाले उ नारीलाई बिवाह गरि यी सम्पूर्ण कुराहरु आफ्नो नैसर्गिक अधिकारको चाहन्छ ।
” काम केही गर्दिन हजुर हाउसवाइफ हु ” भन्न लगाउछ समाज कहिले सुध्रीने सामाजिक मनोबिज्ञान ? बरु छोड एस्तो लघु चिन्तन कहिले सम्म पेल्न खोज्छौ कहिले सम्म दबाउन खोज्छौ ? समयको बक्ररेखामा जेलिएर कहिले कता कहिले कता रिक्तता र तिक्ततामा टोलाएको अनि किस्ताबन्धिमा बाचेको जिन्दगीको के अर्थ ? तिम्रो खोक्रो आदर्शलाई ब्यबहारिक बनाउछौ कहिले कहिले सम्म !! उनमुक्त हासोमा लगाइएको बन्देज स्वतन्त्रतामा बाधिएको जन्जिर तोड्छौ कहिले ? मनको चिहानघारिबाट कङ्कालहरु उत्खनन् गरेर सपनाहरुको बिज पनि त छर्नु छ अबको समय सीता र पार्बतिको होइन नबयुगका नबनारीहरुको हो ! दुष्ट चक्रवातमा लपेटिएर आएका माछालाई झै किनाराको बाटो देखाउन छोड अब आत्मरतिमा रमाउदै हेर्न छोड अब हरेक नारीको सिउदोमा सजिएर बसेको गलामा झुन्डिएर बसेको मङ्गलसुत्रको पासोले स्वतन्त्रता कैद गरेको अनि , ए पुरुष ! ,जवाफ दिन सक्छौ हाम्रो सत समर्पणको कुनै तराजुमा जोख्न सक्छौ यो त्यागलाई ?