0 COMMENTS

काठमाडौँ, १७ वैशाख ०७५/ दुई हजार ५६२आैँ बुद्धजयन्तीका अवसरमा स्थानीय तारकेश्वर नगरपालिकामा बुद्धको मूर्ति अनावरण गरिएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आज तारकेश्वर–३ देवीस्थान, कैलाशचौरमा उक्त मूर्तिको अनावरण गर्दै मन्त्री तारकेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । साढे छ फिट अग्लो उक्त मूर्ति रु १० लाखमा बनेको हो ।
सो अवसरमा सांसद रामवीर मानन्धरले बुद्धको मूर्ति स्थापना गरिएको स्थानमा बुद्ध उद्यान बनाइने उद्घोष गर्नुभयो । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले तारकेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिका प्रतिबद्ध छ भन्नुभयो ।

सो अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट प्रभावित बासिन्दाले मन्त्री बस्नेतसमक्ष आठबुँदे ज्ञापनपत्र बुझाउनुभएको छ । मन्त्री बस्नेतले स्थानीयवासीलाई बाँदर, बाघलगायत जंगली जनावरको आतंकबाट जोगाउन पहल गरिने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।