मिलन चाम्लिङ१७बैशाख०७५/ नेपाली बजारमा चल्दै आएको चलन सिर्जना चोरी यो नयाँ भने होइन,पहिलै देखि चल्दै आएको छ,चलचित्र छक्का पन्जा २ को गित नाइलनको साडिमा बोलको गितमा अल्मोडा राना,चलचित्र ‘कृ” मा यति यति पानी बोलको गित टंक बुढाथोकी लगायत त्यस्तै अन्य थुप्रैले आरोप झेलि सकेका छन ।
त्यसै क्रममा किस्ताबन्दीमा बोलका गितका शब्द संगीत चोरीएको आरोप लागेको छ । गायक तथा संगीतकार तुल्सी घिमिरेलाई तुल्सी घिमिरेको सब्द संगीत नभएर रमेश प्रसाईको शब्द र जीवन बिष्टको शब्द रहेको खुलेको छ।
धरान स्थित गणतन्त्र एफएममा पत्रकार सम्मेलन गर्दै रचनाकार रमेश प्रसाईं र जीवन बिष्टले जानकारी दिएको छन।गायक तथा संगीतकार तुल्सी घिमिरेले गित चोरी भएको आरोप खण्डन गर्दै सब्द सिर्जना कस्को भन्ने कुरा थाहा नभएको कारण गल्ती हुन पुगेको बताउछन र गित युटुबबाट हटाउने र वास्तविक सर्जक भेटिएको कारण वास्तविक सर्जकको गितमा नाम राख्ने बताउनु भएको छ ।साथै सर्जकको सम्मान स्वरुप रचनाकार र संगितकारलाई ५ हजार प्रदान गर्नु भएको छ।