कल्पना बोहरा१६ बैशाख ०७५सााफेबगर अछाम /सााफेबगर नगरपालिकाको खप्तडका होस्टे संचालकहरु पर्यटकको पखाईमा रहेका छन् । जिल्लाको सााफेबगर नगरपालिका १२ खप्तडका होमस्टे सञ्चालकहरु खप्तड पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई आफ्नो लोक संस्कृति देखाएर स्वागत गर्न आतुर रहेका छन् । केही समय अगाडी एस नेपाल वेस्ट कार्यक्रमको सहयोगमा निर्माण भएका ५ ओटा होमस्टेको उद्घाटन गरिएको थियो ।
निर्माण भएका होमस्टेमा बास बस्न, स्थानीय स्तरमै पाईने विभिन्न खाना परिकारहरु पर्यटकहरुलाई खुवाउन आफू पर्यटकहरुको पखाईमा रहेको स्थानीय महिला गौरी कडायतले बताउनुभयो । उहााले भन्नुभयो ‘होमस्टेमा स्थानीय चामलको भात, आलु, बन्दा, काउली, टमाटर लगाएतका खानाको व्यवस्था रहेको छ ।’ पर्यटन प्रर्वद्धनको लागि होमस्टेको स्थापना गरे पनि बाहिरबाट आउने पाहुनाहरुलाई राम्रो सेवा सुविधा दिन सडक र दोभाषेको आवश्यकता रहेको स्थानीय अगुवा हस्त बहादुर कडायतले बताउनुभयो । उहााले भन्नुभयो ‘पर्यटन प्रर्बद्धन गरि खप्तडलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनुका साथै गरिबीको रेखामुनी रहेका र आय स्तर निम्न भएका जनताहरुको आयस्तरमा बृद्धि गर्न होम स्टेको स्थापना गरिएको हो । खप्तड पर्यटन क्षेत्रलाई मध्ये नजर गरी अछामको सााफेबगर नगरपालिका १२ मा एस नेपाल वेस्ट कार्यक्रमको सहयोगमा स्थापना भएका ५ ओटा होमस्टे सञ्चालकहरु पर्यटको
स्वागत सत्कार गर्न आतुर रहेका छन् । खप्तड पर्यटन क्षेत्रको विकास गरि आर्थिक स्थितीमा सुधार गर्ने उद्धेश्यले निमार्ण गरिएका विश्राम गृहमा स्थानीय स्तरमा पाईने विभिन्न खानेकुरा खुवाएर उनीहरु पर्यटकको पर्खाईमा छन् ।’ खप्तड पर्यटन क्षेत्र विकास समितिलाई सरकारले बर्षेनी केही बजेट विनियोजन गर्ने गरे पनि विनियोजित बजेट खर्च गर्न अनुमती नदिने गरेको खप्तड पर्यटन विकास बोर्डका सदस्य अंग कडायतले बताए । खप्तड क्षेत्र आसपासका नागरिकलाई सिपमूलक तालिमको आयोजना गर्ने योजना भए पनि करिब डेढ बर्ष भईसक्दा पनि समितिको बैठक नै बस्न नसकेको र अहिले खप्तड कार्यकारी विहिन रहेको उहााले बताउनु भयो ।
उहाले भन्नुभयो ‘सबैले आ–आफ्नो क्षेत्रबाट खप्तड पर्यटन क्षेत्रको विकासका लागि लाग्ने हो भने खप्तडको विकास हुन धेरै समय कुर्नु नपर्ने छैन र खप्तडमा घुम्न आउने पर्यटकहरुलाई अब अप्ठेरो नपर्ने गरि स्थानीय स्तरमै पाईने बस्तुहरुको प्रयोग गरि बासबस्नको राम्रो व्यवस्था गरिएको छ ।’औषतमा खप्तड पर्यटकीय क्षेत्रमा दैनिक १० जना पर्यटकहरु गईरहने भए पनि अछामीले ती पर्यटकहरुलाई देख्न नै नपाउने विडम्बना रहेको खप्तड पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक यमराज कुावरले बताए ।
प्रचार प्रसार गरि पर्यटकहरु बोलाउन, खाने पानी, पैदल मार्ग मर्मत सुधार, आवास गृह निर्माण गर्न र अतिथी सम्बन्धि तालिमको आवश्यकता रहेको उहााको भनाई रहेको छ । यो संगै खप्तड पर्यटन क्षेत्रको विकासका लागि सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउाबाट लाग्नु पर्ने र आफूले पर्यटनको प्रचार–प्रसार, विकास र प्रर्बद्धनका लागि सााफेबगरमा पर्यटन सूचना केन्द्रको स्थापना गरेको बताउनुभयो । चार जिल्लाको विचमा रहेको खप्तडलाई विकास गर्ने हो भने हरिद्धवार कासी जानु नपर्ने सााफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले बताउनुभयो । उहाले भन्नुभयो ‘खप्तडको विकास गर्ने हो भने यस्ले यहाका जनतालाई सुसम्पन्न हुने अवसर रहेको छ । उहााले पुन: थप्नुभयो ‘हरिद्धार जान नेपालीहरुले बर्षेनी हजारौ डलर खर्च गर्नु भन्दा सबैले खप्तडको विकासमा लागेर तीर्थस्थल समेत रहेको खप्तडमा जानु राम्रो हुन्छ ।
अछाम, डोटी, बझाङ र बाजुराको वीचमा रहेको खप्तडको विकासका लागि सरकारी र गैर सरकारी संघसंस्थाहरुले नयाा नीती तथा कार्यक्रमहरु ल्याउन आवश्यक रहेको छ । खप्तडको प्रचार–प्रसार र निर्माण भएका होमस्टेको संरक्षण गरि बाह्य पर्यटकहरु भित्र्याउन सके रोजगारीको सिर्जना हुनुका साथै आर्थिक स्थीतिमा समेत सुधार हुने देखिन्छ ।