0 COMMENTS

कल्पना बाेहाेरा,अछाम,१६ बैशाख ०७५/महिलाका लागि अभिशाप मानिएको छाउपडी प्रथा अन्त्यका लागि शहरी क्षेत्रका राजनीतिक दलका आवद्ध महिला तथा शिक्षिका नै छाउगोठमा बस्ने गरेका छन् । ग्रामीण क्षेत्रमा मात्रै होइन, शहरी क्षेत्रमै पनि यसले निरन्तरता पाइरहेको छ । तीव्र गतिमा शहरीकरण भइरहेको साँफेबगर नगरपालिकाका केही शहरी क्षेत्रमा पनि छाउपडी प्रथाले निरन्तरता पाइरहेको छ । रजस्वला हुँदा घरमै बस्दा देवता रिसाउने डरले घरपरिवारले छाउगोठमा बस्न पठाउने गरेको साँफेबगर नगरपालिकाका केही महिलाको भनाई रहेको छ । रजस्वला भएका बेला घरमा बसे देवीदेवता रिसाउँछन, बिरामी भइन्छ भन्ने विश्वासका कारण गोठमा बस्ने गरेको केही महिलाको भनाई रहेको छ ।

पढेलेखेका परिवारमा समेत परम्पराका नाममा यो कुप्रथा कायमै छ । महिनावारी भएका बेला घरमा राखे देवी देउता रिसाएर अनिष्ट हुने भन्दै आफूहरूले छोरी–बुहारीलाई छाउको समयमा बस्न अलग्गै छाउपडीगोठ बनाएको एक जना शिक्षिका पुष्पा कुँवरको भनाई रहेको छ ।

स्थानीयका अनुसार टोलमा अझैं पनि केही घरमा छाउगोठ बाँकी नै छन् । शिक्षित महिला मात्रै हैन रुढीवादी परम्पराका कारण केही राजनीतिक दलहरुका महिला नेतृ पनि छागोठमा बस्ने गरेका छन् । महिनावारी भएका बेला घरभित्र बसे देउदा रिसाउने डरले छाउगोठमा बस्ने गरेको राप्रपाका क्षेत्रीय अध्यक्ष राजमति कुँवर बताउनुहुन्छ ।

शिद्देश्वरका वडा सदस्य पवित्रा कुँवर टोलमा छाउपडि अभियान सुरुवात भईसके पछि अव सवै महिलाहरु घरमा नै बस्ने बताउनुहुन्छ । छाउपडी प्रथा अन्त्यका लागि सरकारी तथा गैसरकारी क्षेत्रबाट लामो समयदेखि प्रयासहरू भइरहेका छन् । यसका लागि थुप्रै कार्यक्रम लागू भएका छन् । तर कार्यान्वय हुन सकेका छैन् । शिद्देश्वरका वडा अध्यक्ष भन्नु हुन्छ वडाका केही महिला छाउगोठमा बस्ने गरेका कारण वदनाम भएकाले अव सबै महिलालाई घरमा बस्नको लागि वडाले अभियान अघि बढाउने बताउनुहुन्छ ।

‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ ले छाउपडी प्रथालाई फौजदारी अपराध भनेको छ । यो संहिता अनुसार छाउ बार्न बाध्य पार्ने तथा विभेद गर्ने विरुद्ध जो कोहीले उजुरी दिन सकिन्छ । आगामी आर्थिक वर्षदेखि यो ऐन लागु हुने भएकाले महिलाहरुले अव कि जेल नभए घरमा बस्नु पर्ने वाध्य हुने महिला तथा बालवालिका कार्यालय अछामका प्रमुख मञ्जु पाण्डेको भनाइ रहेको छ । 

छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भईसेको छ । महिनावारी प्राकृतिक रुपमा हुने भएपनि समाजका सामाजिक कुरीतिहरुका कारण यसलाई अछुत भन्ने चलन चलाउदा महिलाहरुले बिभिन्न खालका पीडाहरु खेप्नु परेको छ । त्यसकारण अब छाउपडी कुप्रथा अभियानले सार्थकता पाउन आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।