0 COMMENTS

मिलन चाम्लिङ,धरान,१६बैशाख०७५/ किरात राई यायोक्खा सुनसरी जिल्लाले किरात राई यायोक्खा भबनमा पत्रकार सम्मेलन गरेर उभौली पुर्णैको अवसरमा साकेला शिली नाच हुने मिति र स्थान सार्बजनिक गरेको छन।

आदिवासी भुमी सन्तान किरात राइहरुले बर्षमा दुई पल्ट बिशेश गरि प्रकृतिको पुजा र पुर्खाहरुलाई सम्झी घर भित्र गाडेको पबित्र चुला पुज्ने गर्दछन यसैलाई साकेल/साकेन्वा/तोषी/साकेवा उधौली(मंसिरे पुर्णे)र उभौली बैशाखे पुर्णे)भनिन्छ ।नयाँ अन्नबाली लाउने बेला जिमि भुमि ,खोला नाला हावा पानी जस्ता प्रकृतिहरुको पुजा गरि कुनै प्राकृतिक प्रकोप नहोस् समय साल राम्रो होस,अन्नबाली सप्रीयोस,सबै प्राणिहरु काे सुख शान्ति होस भनेर १५ दिनसम्म घर,टोल,चोक,गाउँ गाउँमा साकेला नाची धुमधामसंग मनाउने चाडलाई साकेला बैशाखे पुर्णे भनिन्छ ।यसैलाई उभौली भन्ने गरिन्छ।उभौली लागे पछी बेशी झरेको कर्‍याङ कुरुङ र माछाहरु लेक चड्छन ।

यसरि किरात राईहरुको एकमात्र साझा,स्वतन्त्र गौरबशाली जातीय संस्था किरात राई ययोक्खाले संस्थागत रुपमै साकेला उधौली र उभौली बर्षमा दुई पटक विशेष कार्यक्रमहरुको आयोजना गरि मनाउदै आएको छन ।किरात राईहरुको विशेष थातथलोहरु भोजपुर,खोटाङ,ओखलढुंगा,इलाम,धनकुटा, सखुवासभा,उदयपुरमा विशेष नाक्छोङ(माङ्मा/धामी)द्दारा बिधिपुर्बक पुजाआज गरि साकेला नाचिन्छ भने अन्यत्र बसाइँ सरि गएको स्थानहरु जस्तै सुनसरी,झापा मोरङ,सिराहा,काठमाडौ,ललितपुर,भक्तपुर,लगाएतका बिश्वको विभिन्न देशहरु जहाँ राईहरुको उल्लेख्य बसोबास रहेको स्थान भारत,अमेरिका,अस्ट्रेलिया,जापान कोरिया,कतार यु.ए.इ. हङकङ बेलायत जस्ता अन्तरास्ट्रिय देशहरुमा समेत साकेला धुमधामसंग नाच्ने गरिन्छ ।

यस अर्थमा साकेला सिलि किरात राईहरुको पहिचान र किरात राईहरुलाई एकताको सुत्रमा बाध्ने साँस्कृतिक अमुल्य निधिको रुपमा परिभाषित गर्न सकिने बताउनुहुन्छ।किरात राई यायोक्खा सुनसरीले साकेला सिलिको मौलिकतालाई बचाइ राख्न तथा साकेला सिलिको बिकास प्रचारप्रसार र प्रवर्द्धनको लागि २०५७ सालमा प्रहिलो पल्ट राष्ट्रिय स्तरमै बृषमान जसरानी राई साकेला सिलि प्रतियोगिताको सुरु गरेपछि निरन्तर प्रत्येक बर्ष किरात राई यायोक्खा पारम्बिक कार्य समिति स्तरीय साकेला सिलि प्रदशनी प्रतियोगिता गर्दै आएको र यश बर्ष २०७५ मा पनि निरन्तर कायमै रहने छ ।

किरात राईहरुको पहिचान र अस्तित्वलाई सदा सर्बदा बचाइ राख्न किरात राईहरुको भाषा,धर्म,सस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले २०४५ सालमा स्थापना भएको किरात राई यायोक्खाले आफ्नो उमेर र परिपक्वता संगसंगै सांस्कृतिक अभियानको साथमा राजनीतिक अभियान पनि थालेको कुरा बताउनु हुन्छ।आफ्नो गुमेको राज्य पहिचान र इतिहासलाई साक्षी राखी अहिले नयाँ संघीय नेपालको प्रदेश नं १लाई किरात प्रदेश नामाङ्कणको लडाइँमा होमिएको बताउछन् ।यश बर्ष किरात राईहरुले बजाउने बाजा ढोल झ्याम्टाका तालहरुमा किरात प्रदेशको आवज भेटिनु पर्छ,किरात राईले नाच्ने साकेला सिलिमको प्रत्येक चालहरुमा किरात प्रदेश देखिनुपर्छ अनि चाँडको अवसरमा किरात राईहरु बिच व्यक्त हुने प्रत्येक शुभकामनामा शब्दमा किरात प्रदेश भनेर निस्कनु पर्छ ।

संघीय नेपाल प्रदेश नं१ को नामांकणलाई किराँतीहरुले यलम्बरको कसम खाएर किरात प्रदेश नाम लेखाउनै पर्ने बताउनुहुन्छ,सम्मेलनमा बोल्दै साकेला उभौली २०७५ को प्रचारप्रसार उप समिति किराया,सुनसरीका प्रमुख उपेन्द्र चाम्लिङले।चाम्लिङले नै किरात राई यायोक्खा सुनसरी जिल्ला भरिका विभिन्न स्थानहरुमा आयोजना हुने साकेला उभौली २०७५ सालको तिथि मिति र स्थानहरु निम्न रहेका जानकारी दिनु भएको छन।

१)२०७५ बैशाख १७ गते पुर्णिा प्राकास धरान १३ र इटहरी ५/७ले हाङ बुद्दिकर्ण दरबार क्षेत्र बिजयपुर धरान,काव्य बाटिका इटहरी ५
२)१८ गते धरान नगर कार्य समिति,किराबी,कलाकार संघ,पत्रकार संघले भानुचोक धरान,
३)१९ गते प्राकास धरान ९/१० अध्यक्ष रुपा राईको घरको पछाडिको चौर,पकली महाबिर युबा क्लब प्राङ्गण कान्छी चोक,
४)२० गते प्राकास धरान २० बिष्णुपादुका गोर्खा स्मृति पार्क, बिष्णुपादुका
५)२१ गते प्राकास पन्चकन्या,साकेला धार्मिक बन पन्चकन्या दुहबी दुहबी ६
६)२२ गते प्राकास हाँसपोसा साकेला नाच स्थल तरहरा,प्राकास बराहक्षेत्र किरात धार्मिक स्थल तथा साकेला पार्क बराहक्षेत्र
७)२३ गते प्राकास इटहरी ६ साकेला खिम इटहरी
८)२४ गते प्राकास शान्तिनगर साकेला धार्मिक बन पानीपिया
९)२५ गते प्राकास धरान १७ साकेला सास्कृतिक पार्क धरान १७,
१०)२६ गते प्राकास बक्लौरी बक्लौरी ४ राइटोल सिरान
११)२७ गते प्राकास धरान १८ धरान १८ रत्न चोक,
१२)२८ गते प्राकास धरान १९ किरात मुधुम खिम परिसर,

१३)२९ गते प्राकास प्रकाशपुर सिकारी थान,प्रकास धरान ८ यलम्बर सामुदायिक बन,
१४)३० गते प्राकास धरान १५ साकेला यायोक्खा धार्मिक बन,
१५)२०७५ जेठ ३ गते सबै प्रकासहरु आ-आफ्नो नाछ स्थलको सरसफाइ गर्ने
१६)जेठ ४ गते प्राकास भरौल बाङ्गे बजार
१७)२०७५ जेठ ५ गतेका दिन प्राकास स्तरीय प्रतियोगितात्मक साकेला सिलि प्रदर्शनी साकेला साँस्कृतिक पार्क धरान
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै किरायाका उपाध्यक्ष बलराम राईले प्रतियोगितामा सहभागी आठ वटा बिद्यामा पुरस्कार छुटाएको जनाउनु भएको छ।पुरस्कार २५ हजार,१५ हजार १० हजार प्रथम,द्दुतिय र तृतीयलाई पुरस्कार प्रदान गर्ने जानकारी दिनुभएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै किराया सुनसरीका अध्यक्ष कमला राईले २०७४ चैत १५ गते किरात प्रदेश नामाङ्कण माग गर्दै २५ लाख हस्ताक्षर बुझाएको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।