0 COMMENTS

कतिपयले सपनालाई शुभ–अशुभको संकेतका रूपमा लिन्छन् । कतिले सपनालाई भविष्यको सूचकका रूपमा पनि व्याख्या गर्छन् । मानिसले सपनासम्बन्धी अनेक व्याख्या, विश्लेषण गरे पनि विशेषज्ञहरू सपनालाई दैनिक गतिविधिको आवृत्ति भएको उल्लेख गर्छन् । विशेषतः जीवनमा गर्न नसकेका काम, तनाव, डरलाग्दा घटनाका कारण नराम्रा सपना देख्ने गरिन्छ । जसकारण मानिस सपनामा बर्बराउने, हिँड्ने, बोल्नेजस्ता गतिविधि गर्छन् । यी हुन् सपनामा बोल्ने वैज्ञानिक कारण 

के हो ऐठन ?

कतिपय मानिसलाई सुतिरहेको अवस्थामा अकस्मात् समस्या सिर्जना हुने गर्छ । यस्तो अवस्थामा बोल्न, हातगोडा चलाउन, शरीरले काम गर्न नसक्नेजस्ता समस्या सिर्जना हुने गर्छ । जसलाई मानिसले ऐठनको नामले चिन्ने गर्छन् । प्रायः सपना देखेको वेला मानिसमा यस्तो समस्या आउँछ । सपनाका क्रममा दिमाग सक्रिय हुन्छ भने शरीर शिथिल अवस्थामा हुन्छ । जब सपना देखिरहेको समयमा मान्छे एक्कासि बिउँझिन्छ, त्यस्तो अवस्थामा शरीर शिथिल नै हुन्छ । तर, दिमाग उही गतिमा सक्रिय रहेको हुन्छ । जसकारण हाम्रो शरीर केही समयसम्म ब्यालेन्समा आउन सक्दैन । जसलाई मानिसले ऐठनको रूपमा बुझ्ने गर्छन् । यसको आफ्नै वैज्ञानिक कारण भए तापनि तथ्य नबुझी मानिसले अनेक अर्थ लगाउने गरेको पाइन्छ ।

सपनामा हिँड्ने कारण
कतिपय मानिसको सुतेको वेला जुरुक्क उठेर बेहोसीमा हिँड्ने बानी हुन्छ भने कतिपय विभिन्न गतिविधि गर्छन् । तर, त्यस्तो गतिविधि गरेकोबारे आफैँ अनभिज्ञ हुन्छन् । यस्तो वेला मानिसले विभिन्न गल्ती र नराम्रा कामसमेत गर्ने गर्छन्, जस्तै– कुनै सामग्री फोड्ने, हाम फाल्ने आदि । यस्तो समस्या मस्तिष्कसँग जोडिएको छ । मानसिक तनावका कारण मानिस सपनामा हिँड्ने गर्छन् । उसो त अत्यधिक मानसिक तनाव लिने मान्छेले तुलनात्मक रूपमा बढी सपना देख्ने गर्छन् । त्यस्तै, मानसिक समस्या भएका मानिसमा पनि यस्तो समस्या देखिन्छ । सपना देख्ने क्रममा मानिसको शरीर शिथिल हुने र दिमाग तीव्र गतिमा चल्ने भएकाले सपनामा बोलेको, हिँडेकोबारे केही पत्तो नपाउने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।