बासुदेव सेढाइ,लमजुङ १५बैशाख०७५/ पछिल्लो समय लमजुङको साहित्यिक क्षेत्रमा उत्साह थपिदै गएको छ । जिल्लामा रहेका विभिन्न साहित्यिक संस्थाहरुले गर्ने साहित्यिक कार्यक्रमले त्यस्तो देखाएको छ । अन्तरङ्ग साप्ताहिकले प्रतेक महिनाकाे तेस्रो शनिवार अायाेजना गर्ने मासिक रचना बाचन कार्यक्रम अन्तरगत बैशाख १५ गते शनिवार अायाेजिक कार्यक्रममा अत्यन्तै उत्साहजनक देखिएको थियोे । कार्यक्रममा साना साना नानि बाबुहरुकाे अासलाग्दाे प्रतिभाले लमजुङलाई साहित्यकाे नमुना जिल्ला बनाउने निश्चित देखिन्छ ।
कार्यक्रममा बाेल्दै सामाजिक अभियान्ता ,सर्वाेदय सेवा अाश्रमका संरक्षक ,प्रकृतिप्रेमि ,साहित्यिक स्रष्टा एबं कार्यक्रमका प्रमुख अतिथि कृष्णराज अाेलियाले साहित्य मानीस भित्र रहेको भावना, बिचार , चरित्र ,बिरह बेदना,दुख पिडाहरुलाई प्रस्तुत गर्ने माध्यम भएको बताउनुभयो रबि नपुग्ने ठाउँमा कवि पुग्ने भन्दै साहित्यकाे तागत बर्णन गर्न सकिदैन उहाँको तर्क थियोे ।
सम्पत्ति संग साहित्यकाे तुलना हुनै नसक्ने भएकोले गरिब भएपनि मानीस ईमानदार ,नैतिकवान, सत् चरित्रवान ,सेवावान बन्न सके त्याे मानीस मात्रै माहान मानीस हाे उहाँको ठम्याइ थियोे । साना नानि बाबुहरुलाई साहित्यकाे क्षेत्रमा अघि बढ्न प्राेत्साहित गर्दै कार्यक्रमलाई निरन्तरता दिन हाैसला प्रधान गर्नुभयो । मानीस ठुलो नभै मानीस असल बन्नुपर्ने कुरामा उहाले जाेड दिनुभयो । नवगठित लिस्नाे साहित्यिक मञ्च लमजुङका सल्लाहकार सहायक प्रमुख जिल्ला अधिकारी एबं कार्यक्रमका बिशेश अतिथि काजीमान सुनारले साहित्यिक स्रष्टाहरुकाे बिचार फराकिलो हुनुपर्ने बताउनुभयो सकभर जिल्लामा रहेका सबै साहित्यिक संस्था बिच एकता गरि एउटै बलियो साहित्यिक संस्था बन्न सके राम्रो हुने नभएपनि सबै साहित्यिक संस्थाकाे कार्यक्रममा सबैकाे सहभागीता हुनसके साहित्यमा उर्जा थपिने बिचार राख्नुभएको थियोे । साहित्यिक भावनाले सामाजिक एकता बलियो हुने उहाँको तर्क थियोे ।
कार्यक्रमका संयाेजक यबं अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीले अग्रजहरु लाई सम्मान र नव प्रतिभाहरु लाई साहित्यकाे क्षेत्रमा लाग्न प्राेत्साहन गर्ने याे कार्यक्रम लाई अाफुले निरन्तरता दिईरहने बताउनुभयो । अाफु कुनै राजनीति अाग्रह र पुर्बाग्रहमा नलागि स्वतन्त्र तरिकाले पत्रकारिकाकाे क्षेत्रमा कलम चलाउने ब्यक्ति भएकोले अार्थिक स्राेत जुटाउन समस्या भएकोले भनेजस्तो कार्यक्रम गर्न नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा मकैडाडा सारिङ साहित्य समाजका अध्यक्ष ईन्द्र सुयल , साहित्यकार एबं पत्रकार कमला केसी ,नवगठित लिस्नाे साहित्यिक मञ्चका सदस्य नाेर्देन तामाङ ,लमजुङ रत्न पत्रिकाकि सम्पादक सुधा ढकाल लगाएतले अाफ्नाे मन्तब्य सहित रचना बाचन गर्नुभएको थियोे । कार्यक्रममा साना साना बिद्यार्थी बाबू नानीहरूले उत्कृष्ट रचना वाचन गरेका थिय । बुद्ध मेमोरियल अा. मा. बि. मा भएको कार्यक्रमकाे अध्यक्षता युनिका रावत र सहजिकरण मिना अधिकारीले गर्नुभएको थियोे ।