किसमिस मन नपर्ने मानिस शायदै भेटिएला । यसको तिख्खर स्वाद र मिठासको लागि मात्र नभर्इ किसमिस उन्नत स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । हिजोअाज हरेक किसिमका मिठार्इ र खानेकुरामा किसमिसको प्रयोग गरिन्छ ।
किसमिस यस्ता छन् फाइदाहरू
-किसमिसको सेवनले शरीरमा अाइरनको कमीलार्इ पूरा गरी रगत बढाउँछ ।
-फाइदाको हिसावले किसमिस सुख्खा खानुभन्दा भिजाएर खानु उत्तम मानिन्छ । यसलार्इ भिजाएर खाने गर्नाले लिभर अर्थात् कलेजोलार्इ फाइदा गर्दछ ।
-किसमिसको पानीले कलेजोमा एकदम तीब्र गतिमा रगत सफा गर्दछ । यसरी किसमिस भिजाएर उक्त पानी नियमित ४ दिनसम्म पिउने हो भने कब्जियत लगायतका कैयौं पेटसम्बन्धी समस्या वा रोग निको हुन्छ ।
-दिनहुँ किसमिस सेवन गर्नाले मुटु बलियो एवम् स्वस्थ हुनुका साथै कोलेस्ट्रोल पनि घटाउँछ ।
-किसमिसमा धेरै किसिमका भिटामिन एवं मिनरल्स पाइन्छ । यसलार्इ भिजाएर खानाले यसमा भएको गुलियोको मात्रामा कमी अार्इ स्वास्थ्यको लागि एकदमै गुणकारी हुन्छ ।
-प्राकृतिक रूपमा यसमा एन्टीअक्सिडेन्ट पाइने हुनाले यसले विभिन्न किसिमका रोगबाट बचाउँछ ।
शरीरमा विभिन्न किसिमका फोहोर वा प्रदुषणलार्इ हटार्इ रगत सफा गर्न मृगौला तथा कलेजोको अहम् भूमिका हुन्छ । त्यसैकारण पनि यी महत्वपूर्ण अङ्गहरूलार्इ स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् । दैनिक रूपमा थोरै भएपनि किसमिसको सेवन गर्दा अतुलनीय फाइदा प्राप्त गर्न सकिन्छ । किसमिसको पानी बनाउने विधिएउटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् । यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन । यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ ।