0 COMMENTS

यदि तपाईकी श्रीमती वा श्रीमानले तपाईमाथि शंकाको दृष्टिले हेर्ने गरेको भए यसलाई अन्यथा ढंगले नलिनुस् । बरु तपाई आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याउने कोशिस गर्नुस । हालै गरिएको एउटा अध्ययनले निद्राको कमीका कारण पनि मानिसमा शंका गर्ने प्रवृत्ति बढ्ने गर्दछ ।

अध्ययनका अनुसार पर्याप्त निद्रा नपुगेको अवस्थामा मानिसमा शंका गर्ने प्रवृक्ति विकास हुने गर्दछ । यस्तो अवस्थामा तपाईको पार्टनरले पनि त्यस्तो गर्न लागेका छन् भने तपाईले उनको निद्रा पूरा गर्ने व्यवस्था सुनिश्चित गर्नेतिर लाग्नुस् ।

महान सिब्रटिश नाटककार विलियम शेक्सपियरले चार सताब्दी पहिला नै लेखेको आफ्नो नाटक मैकबेथमा अनिद्राको सम्बन्ध आशंका र भ्रमहरुसँग रहेको उल्लेख गरेका थिए । अब वैज्ञानिकहरुले राम्रो निद्राको कमीका कारण व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो दुष्प्रभाव पर्न सक्ने ठहर गरेका छन् ।

लण्डनस्थित किंग्स कलेजले गरेको अध्ययनमा अनिद्रा र शंका गर्ने बानीबीच सिधा सम्बन्ध रहने गरेको निष्कर्ष निकालेको छ।यो अध्ययन जर्नल सिजोफ्रेनिया रिसर्चको नयाँ अंकमा प्रकाशित छ । प्रमुख अनुसन्धानकर्ता डाक्टर डेनियल फ्रीमेनले भने–हामीलाई पहिलाबाटै थाहा छ कि एक रात निद्रा नपूग्दा हाम्रो पूरै दिन तनावग्रस्त हुने गर्दछ । निद्रा नपुगेका कारण हाम्रो विचारसमेत अस्तव्यस्त हुने गर्दछ । हामी सबैतिरबाट बेखबर हुन्छौ । दिमागमा शंका र भ्रमहरु पैदा हुनका लागि आदर्श स्थिति उत्पन्न हुने गर्दछ । नियमित र पूरा निद्रा मानसिक रुपमा स्वस्थ रहनका लागि अत्यन्तै महत्वपूर्ण छ ।

शोधकर्ताहरुले अध्ययनमा ३ सय जनालाई सहभागी गराएका थिए । उनीहरुको निद्रालाई घण्टामा विश्लेषण गरिएको थियो । फ्रीमेनका अनुसार अनिद्राको शिकार ७० प्रतिशत सहभागी शंका र भ्रमको शिकार बनेका थिए । यति मात्र होइन, अध्ययनमा सहभागी ५० प्रतिशत बढी गम्भीर रुपमा अनिद्राबाट पीडित पाइए, उनीहरुमा गहिरो असुरक्षाको भावनासमेत थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।