0 COMMENTS

भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ ” और्व ” हो ! ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो ! “हिस्ट्री अफ पर्शिया” का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै “अरब” हुन् पुगेको हो ! हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस भूखण्डको उत्तर-पश्चिम क्षेत्रलाई इलावर्त भनिन्थ्यो जहाँ दैत्य र दानव रहने गर्दथे ! यो ईलावर्तमा अहिलेको रुसको एशिया खण्डको दक्षिणी-पश्चिमी भूभाग र ईरानको पूर्वी भूभाग समेटिएको थियो ! आदित्यहरु(देवगण)को वासस्थान नेपालको उत्तर-पूर्वमा रहेको हिमालय क्षेत्र हो ! बेबीलोनको प्राचीन गुफाहरुमा भेटिएको पुरातात्त्विक बस्तुहरुमा र गुफाको भित्तामा भेटिएका चित्रहरुमा भगवान विष्णु र हिरण्यकशिपुको भाई हिरण्याक्ष संग युद्ध गरेको चित्र भेटिएको कुरा कुनै पनि हिन्दूले बिर्सिनु हुदैन !

त्यतिखेर अरब ठूलो व्यापारिक केन्द्रको रुपमा थियो ! यसैकारण देव, दानव र दैत्य बीच इलावर्तकै कारण त्यसको विभाजनको बिषयलाई लिएर १२ पल्ट ‘देवासुर संग्राम’ भएको थियो ! देवताहरुको राजा ईन्द्रले आफ्नी छोरी जयन्तिको बिहे शुक्राचार्य संग गर्नुको उद्द्येश्यनै शुक्राचार्यलाइ देउताको पक्षमा ल्याउनु थियो तर शुक्राचार्यले मानेनन् ! शुक्राचार्य जिद्धि स्वभावका भएका हुँदा विश्व बिजेता दैत्यराज बलिले शुक्राचार्यले भनेको नमान्दा दिक्क मानेर उनि आफ्नो नाती और्व ऋषिका समिप अरब आइ १० वर्ष बसेका थिए !

साइक्सले आफ्नो इतिहास ग्रन्थ “हिस्ट्री अफ पर्शिया” मा लेखेका छन् ‘शुक्राचार्य लिव्ड टेन इयर्स इन अरब’! अरबमा शुक्राचार्यको धेरै सम्मान गरिएको थियो ! शुक्राचार्यलाई सम्मान गरिएको ठाउँ लाइनै अहिले ‘काबा’ भनिएको हो ! त्यो कावा ‘काव्य शुक्र’ (शुक्राचार्य , उनलाई कवि पनि भनिन्छ ) को सम्मानमा निर्माण गरिएको आराध्य देव शिवको मन्दिर हो जुन ‘काव्य’ नाम पछि विकृत भएर ‘काबा’ हुन् पुग्यो ! अरबी भाषामा ‘शुक्र’ को अर्थ ‘ठूलो ‘ अर्थात ‘जुम्मा’ यसैकारण भनिएको हो र यसै दिनलाई अर्थात ‘जुम्मा’ (शुक्रवार) लाइ मुसलमानहरु पवित्र दिन मान्दछन !

“बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्”-जैमिनिय ब्रा.(०१ -१२५ )
अर्थात बृहस्पति देउताहरुका पुरोहित थिए र उशना काव्य (शुक्राचार्य) असुरहरुका पुरोहित थिए !
प्राचीन अरबी काव्य संग्रह गंथ ‘सेअरूल-ओकुल’ को २५७ औं पृष्ठमा हजरत मोहम्मद भन्दा २३०० वर्ष पहिले ईसा मसीह भन्दा १८०० वर्ष पूर्व जन्मिएका लबी-बिन-ए-अरव्तब-बिन-ए-तुरफाले आफ्नो प्रसिद्ध कवितामा हाम्रो भूमि र वेद प्रति सम्मान गरेको कविता हेरम –
“अया मुबारेकल अरज मुशैये नोंहा मिनार हिंदे।
व अरादकल्लाह मज्जोनज्जे जिकरतुन।१ ।
वह लवज्जलीयतुन ऐनाने सहबी अरवे अतुन जिकरा।
वहाजेही योनज्जेलुर्ररसूल मिनल हिंदतुन।२ ।

यकूलूनल्लाहः या अहलल अरज आलमीन फुल्लहुम।
फत्तेबेऊ जिकरतुल वेद हुक्कुन मालन योनज्वेलतुन।३ ।
वहोबा आलमुस्साम वल यजुरमिनल्लाहे तनजीलन।
फऐ नोमा या अरवीयो मुत्तवअन योवसीरीयोनजातुन।४ ।
जइसनैन हुमारिक अतर नासेहीन का-अ-खुबातुन।
व असनात अलाऊढ़न व होवा मश-ए-रतुन।५ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।