0 COMMENTS

मिलन चाम्लिङ,१४बैशाख०७५/  धरान स्थित सुनसरी उद्योग बाणिज्य कार्यलयको हलमा बिराट क्षेत्र पर्यटन प्रवर्द्धन बिकास समिति काकडभिट्टा झापा र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा प्रदेश नं १ लाई पर्यटकिय प्रदेश बनाउन के गर्न सकिन्छ भन्ने कुरामा स्थानीय तथा सरोकारवाला बीच पर्यटन प्रबर्द्धनका लागी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा धरान उपमहानगरपालिका मेयर तारा सुब्बा,उपमेयर मन्जु भण्डारी,धरान उपमहानगरपालिका प्रशासकिय प्रमुख सुदेश कुमार पोख्रेल,बिराट क्षेत्र पर्यटन प्रवर्द्धन बिकास समितिको अध्यक्ष डिल्लीराम शर्मा अधिकारी,दमक नगरपालिका प्रसाकिय प्रमुख गणेश प्रसाद तिमिल्सिना,सुनसरी जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष धरान होटल एसोसिएसनका अध्यक्ष लगायत विभिन्न जिल्लाबाट पर्यटन क्षेत्रमा आवद्ध ब्याबसायी होटल ब्याबसायिको बाक्लो सहभागीता थिए ।

कार्यक्रममा बिराट क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिको अध्यक्ष डिल्लीराम शर्मा अधिकारिले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रमा ग्रामीण पर्यटनको महत्त्व र यस्को बर्तमान,ग्रामीण पर्यटनको आवश्यकता,ग्रामीण पर्यटनको महत्त्व,शहरी र ग्रामीण पर्यटन बिचको अन्तर समन्ध,ग्रामीण पर्यटनको लागि सरकारी प्रयास,ग्रामीण पर्यटनको वर्तमान अबस्था,ग्रामीण पर्यटनको चुनौती बुदागत रुपमा विश्लेषण गर्नु भएको थियो र पुर्बमा संचालन हुँदै आएको २७ वटा होमस्टेको बारेमा जानकारी दिनु भएको थियो ।त्यस्तै बिराट क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समतीको कार्यलय प्रमुख अभयकुमार गुप्ताले कार्यतालिका प्रस्तुत गर्नु भएको थियो ।

कार्यतालिकामा पर्यटन क्षेत्र विषय प्रवेश,backbone of tourism,कार्यक्रमको उदेश्य ,पर्यटन व्यवसायीले प्राप्त गर्न सक्ने लाभहरु,होटेल,ट्राभल र टुर तथा होमस्टेको दर्ता प्रक्रिया,नविकरण प्रक्रिया, तथ्यांक प्रस्तुतीकरण,बिद्यमान समस्या तथा उपाय अन्तरक्रिया बुदागत रुपमा प्रस्तुत गर्नु भएको थियो ।त्यस्तै नेपाल पर्यटन प्रवर्द्धन बोर्डका कर्मचारी सुस्मिता दाहालले हाल भैरहेको पर्यटन बोर्डको गतिविधि उल्लेख गर्नु भएको थियो ।त्यस्तै धरान उपमहानगरपालिका नगरपालिका पर्यटन अधिकृत सुनिल नेपालले धरान उपमहानगरपालिका पर्यटन हबको लागि प्रयास र संभावनाहरु,बिगतमा भएको गतिविधि र धरानको बिकास उपमहानगरपालिका अवधारणा र धरानको पर्यटन बिकासको लागि एक करोड बजेट बिनियोजनको बारेमा जानकारी दिनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा ग्रीन जेनेरेसन झापाको कला संयोजक छेतेन शेर्पाले पर्यटनको संभावना बोकेको क्षेत्रको चित्र प्रस्तुत गर्नु भएको थियो ।त्यस्तै पर्यटन बिकासमा कलाकारको ठुलो भुमिका हुने बताउनु भएको थियो।त्यस्तै अन्तरक्रिया कार्यक्रममा श्री राधेश्याम सेवा ट्रस्टबाट प्रतिनिधित्व गरेर सहभागी हुनु भएको श्याम प्रसाद भट्टराईले पर्यटन बिकासको लागि पुरात्वतिक बस्तु मर्मत संभार साथै आर्टिफिसियल बस्तुको पनि प्रयोगमा ल्याउनु पर्ने कुरामा जोड दिनुभएको छ ।पर्यटन प्रवर्द्धन बहुउद्देश्यीयका साथ संचालन हुनुपर्ने पनि बताउछन् ।त्यस्तै अर्का सहभागी बासुदेव बराल ग्रामीण होमस्टेलाई आधुनिकरण बनाउन पर्नेमा जोड दिनुहुन्छ ।

कार्यक्रमको अन्त्यमा बोल्दै धरान उपमहानगरपालिका मेयर तारा सुब्बा पर्यटन बिकासको लागि तीन तहको सरकार लागि पर्नु पर्ने र राज्य संचालनमा भएको ब्याक्तीहरुमा बुझाईको कमीका कारण पर्यटन बिकास हुन नसकेको बताउनुभयाे साथै धरान भोलिका दिनहरूमा पर्यटकिय क्षेत्रमा बिकाश हुने कुरा बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।