0 COMMENTS

काठमाडौं १४बैशाख०७५/ नेपालका बक्सिङ खेलाडी मनोहर बस्नेत (म्याक्स) लाई आइएमई फाउन्डेसनले प्रायोजन गरेको छ । नेपाली राष्ट्रिय बक्सिङ टोलीका सदस्य म्याक्सलाई आइएमईले एक बर्षको लागि प्रायोजन गरेको हो ।

आइएमई फाउन्डेसन र बक्सर म्याक्सबीच शुक्रबार प्रायोजन सम्झौता भएको छ । फाउन्डेसनका सदस्य राजु पौडेल र म्याक्सले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा फाउन्डेसनका सदस्य सचिब अन्जली अर्याल (ढकाल) को समेत उपस्थित रहेको थियो ।

सन् २००० देखी नेपाली बक्सिङ खेलमा १३ पटक च्याम्पियन बनेका म्याक्सलाई आइएमईले ८५ हजार बराबरको प्रायोजन गरेको हो । प्रायोजनवापत म्याक्सले अब खेल्ने राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा आइएमईको लोगो अंकित प्रचार सामग्रीको प्रयोग गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।