0 COMMENTS

मिलन चाम्लिङ,१४बैशाख०७५/  बिद्यालय शिक्षा परिक्षा दिएको विद्यार्थी परिक्षाको नतिजा आउने समयसम्मको खाली समय काेही घुमेर काेही कम्प्युटर काेही अन्य तयारी! कक्षा त काेही अंग्रेजी भाषा सिकेर प्रयोग गरिरहेका छन ।धरानको २५ भन्दा बढी बिद्यार्थी यी भन्दा फरक तरिकाले समयको प्रयोग गरिरहेका छन।

धरान ९ स्थित गौतम पथमा हामी पुग्दा त्यहाँ रहेको रंगभुमी एकेडेमीका हलमा विद्यार्थी रमाई रहेको थिए ।रंगभुमी एकेडमीले आयोजना गरेको १५ दिने नाट्य कार्यशालामा रमाई रहेको थिए ।बिद्यार्थीहरु भोकल,अभिनय नृत्य प्रशिक्षण लिरहेका छन ।१५ दिने कार्यशालामा सहभागी एसईई दिएर बसेको विद्यार्थी आयुसा पराजुली १५ दिने कार्यशालामा आएर धेरै कुरा सिक्न पाएको बताउछिन्,त्यस्तै अर्का सहभागी गोमा पौडेल १० कक्षासम्म पढ्दा केही नसिकेको १५ दिने कार्याशाला अन्तरगत ३ दिनमा धेरै कुरा सिकेको बताउछिन्।

अर्का सहभागी युबिना राई जीवनमा काममा लाग्ने धेरै कुरा सिक्न पाएकोमा गर्व गर्छिन ।त्यस्तै एसईई दिएर नै बसेका अर्को बिद्यार्थी राज्दिप तामाङ नाट्य कार्यशालामा सहभागी नभएको भए धेरै कुरा सिक्ने अवसरबाट बन्चित हुने रहेछु भन्छन् ।

त्यस्तै सहभागी अर्का रिन्कु लकान्द्री बताउछिन् समाजमा र साथीहरूसंग घुलमिल हुन साथै जिबनलाई उपयोगी कसरी वनाउने भन्ने कुरा बुझ्न पाएको बताउँछिन् ।सिकेको कुरा प्रशिक्षार्थीले भबिस्यमा प्रयोग गर्‍यो भने अगि बढ्न सक्छ भन्नुहुन्छ नृत्य प्रशिक्षक दिनेश माङ्मु ।
हामी प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई अभिनय,भोकल र नृत्य मात्र होईन व्याबहरिक बन्न पनि सिकाउछौ भन्नू हुन्छ रंगभुमी एकेडेमीका निर्देशक बिष्णु मोत्तान ।बिनायक राई,दिनेश माङ्मु र बिष्णु मोक्तानले संगीत,नृत्य र अभिनयको प्रशिक्षण दिरहनु भएको छ ।
१५ दिने नाट्य कार्यशालामा एसईई दिएर बसेका विद्यार्थी बाहेक चौथो ब्याचको प्रशिक्षार्थी पनि सहभागी छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।