0 COMMENTS

चितवन१२बैशाख०७५/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरलाई सुविधा सम्पन्न जिल्लाकारुपमा चिनाउने बताउनु भएको छ ।

। प्रेस सेन्टरले चितवनको विकास र समृद्धिका बारेमा बुधबार राखेको अन्तरक्रिया कार्यक्रम पुगेका प्रचण्डले चितवनको विकासका लागि आफुले नयाँ सम्भावनाको खोजी गरिरहेको बताउनुभयो ।

चितवनलाई नमूना विकासको जिल्ला बनाउने अभियानमा आफू रहेको बताउँदै अध्यक्ष प्रचण्डले राष्ट्रले चितवनको विकासबाट सिक्न सक्ने गरी काम गरिने बताउनुभयो ।

चितवनलाई पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यको हव बनाउन सकिने उहाँको तर्क छ । उहाँले जिल्लामा रहेका नदी, राष्ट्रिय निकुञ्जको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । जिल्लामा के आवश्यक छ भन्ने विषयमा आफूले चासोका साथ हेरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।चितवनमा छिट्टै चाइनिज कम्पनीमार्फत २५ वटा नयाँ उद्योग स्थापना गर्ने कुरासमेत बताउँनुभयो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।