0 COMMENTS

प्रहरी मेरो साथी अभियान फितलो भएको छ । आईतबारबाट त झन प्रहरीले चाँही मेरो सुरक्षा गर्छ भन्नेमा अझ आशंका उब्जेको छ । गोरखा घर भई भरतपुर महानगरपालिका – ४ त्रिचोकमा डेरा गरी बस्ने २८ वर्षीय कल्पना श्रेष्ठमाथि नजिकैको चोकमा एक प्रहरी नायब निरीक्षकले तेजाब खन्याए । दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले महिलामाथी एसिड हाने । प्रहरी नायब निरीक्षक जस्तो जिम्मेवार र राष्ट्रको सेवा गर्न खटिएको भन्ने एक सिपाहीले बाटोमा हिड्दै गरेकी महिलालाई एसिड हान्ने जस्तो जघन्य अपराध हुँदा प्रहरीलाई कसरी साथी मान्न सकिन्छ ?

नागरिक माथी प्रहरी जवान अथवा प्रहरीकै उच्च तहको अफिसरले गर्ने व्यबहार कस्तो छ भनेर अब हामीले थाहा पाईसकेका छौँ, भोगिसकेका छौँ । भर्खरै मात्र प्रहरी महानिरीक्षकमा नियुक्त भएका सर्वेन्द्र खनालले यतातिर पनि ध्यान दिनुपर्छ । लामो समय ट्राफिक महाशाखामा काम गरेको अनुभव छ उनीसँग । उनले अब त्यो अनुभव प्रयोग गर्नुपर्छ । जनयुद्धदेखी हालसम्म निकै ठूलो उपलब्धि देखाएर सरकारले समेत विश्वास गरेर आईजीपी बनेका खनालले अब संगठन भित्रैको फोहोरी खेल पखाल्नुपर्छ । कच्चा तर सच्चा सिपाही हुँ भनेर स्वघोषणा गर्नेमाथी निगरानी बढाउनुपर्छ । हुनत यो हामीले भन्ने र निर्देशन गर्ने विषय होईन । तर पनि देखिएको यही छ, प्रहरीले साँच्चै प्रहरी नागरिकको साथी हो भन्ने आभास दिलाउन आफैँ सच्चिनुपर्छ । एउटा प्रहरीले गरेको गल्तीका कारण सिङ्गो संगठन बद्नाम हुन्छ । एसिड हान्ने प्रहरीमाथी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ, यसलाई ढाकाछोप गर्ने काम नहोस् ।

अर्को कुरो काठमाडौँमा सवारी चाप उल्कै छ । जति नै गाडी थप गरेपनि नागरिकले कहिल्यै आनन्दले यात्रा गर्न पाएका छैनन् । हुन त मानिसको चाप पनि दिनदिनै बढिरहेको छ काठमाडौँमा । काठमाडौँ सबैको रोजाई र कर्मथलो । गाउँबाट झोला बोकेर शहर हिडेपछि मान्छे सोझै काठमाडौँ आईपुग्छ । काम खोज्छ, पाए गर्छ नपाए भौतारिन्छ । यसरी दैनिक सयौ युवा काठमाडौँ भित्रिन्छन् । यसरी भित्रिएको जनसंख्यालाई कसरी व्यबस्थित गर्ने त ? यहाँ कसैसँग योजना छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।