0 COMMENTS

इटहरी, ४ वैशाख ०७५/ धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ ।
धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका अुनसार आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपालको चरम लापरवाहीका कारण नौ महिना अघि सम्पन्न भइसक्नुपर्ने सो आयोजना म्याद गुज्रिसक्दा पनि पुरा गरिएको छैन ।

स्थानीय तहको निर्वाचनअघिसम्म सन्तोषजनक ढंगले निर्माण कार्य भइरहे पनि जनप्रतिनिधि निर्वाचित भई आएपछि आयोजनाका पदाधिकारीले अनुगमन समितिलाई नै बेवास्ता गरेको उहाँको आरोप थियो ।

जनप्रतिनिधिले कार्यभार सम्हालेलगत्तै बैठक बोलाउन आग्रह गरे पनि आनाकानी गरी धेरै पछि अनुगमन समितिका सल्लाहकारलाई मात्र बोलाएर न्यून उपस्थिति भयो भन्दै बैठक स्थगित गरेको र त्यसपछि कुनै पहल नगरेको समेत संयोजक गोलेले गुनासो गर्नुभयो ।

एकीकृत शहरी विकास कार्यक्रमअन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कूल रु एक करोड ४८ लाख लगानीमा निर्माणाधीन धरान खानेपानी आयोजनाको निर्माण कार्य २०७२ साउनदेखि शुरु भई २०७४ साउनमा सम्पन्न गर्ने गरी ठेकेदार टियानजिन तुन्दी जोइन्ट भेन्चरलाई ठेक्का दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।