0 COMMENTS

वालिङ, स्याङ्जा,२ वैशाख०७४/ देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ ।

उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो ।

आर्थिक वर्ष २०७१÷७२ मा रु एक लाख ७९ हजार, २०७२÷७३ मा रु तीन लाख ४९ हजार ९९०, आव २०७३÷७४ मा रु सात लाख २४ हजार ८१५ र चालू आवको हालसम्म रु चार लाख ८१ हजार ४१३ फोहरमैला बिक्रीबाट आम्दानी गरेको दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारी (कृष्ण)ले बताउनुभयो ।

उक्त नगरपालिका र स्थानीय दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहरमैला व्यवस्थापनको चारखम्बे अवधारणाअनुसार २०७१ असोजमा सम्झौता भई फोहर संकलन गर्न थालिएको थियो ।

“हामीले दैनिक बजारबाट कुहिने, नकुहिने र शिशाजन्य वस्तु वर्गीकरण गरेर संकलन गर्ने गरेका छौँ” अध्यक्ष भण्डारीले भन्नुभयो, “संकलित वस्तुलाई सरसफाइ केन्द्रमा लगेर कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने वस्तुलाई पुनः सूक्ष्म वर्गीकरण गरी बिक्री वितरण गर्नु नै हाम्रो सवल पक्ष हो ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।