0 COMMENTS

भक्तपुर, २ बैशाख/ बिस्केट जात्रामा रथले च्यापिएर दुई घाईते भएका छन् । हिजो लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याउने क्रममा रथको पाङ्ग्राले च्यापिएर दुई घाईते भएका हुन् ।

घाईते हुनेमा भक्तपुर च्यासुखेलका १७ वर्षका बिकेश माक र चन्द्रगिरी ३ थानकोटका २० वर्षका सरोज महर्जन रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उपचारका लागि भक्तपुर अस्पतालमा लगिएका घाईतेहरुलाई त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको परिसरका सूचना अधिकृत एवं डिएसपी कृष्ण प्रसाईंले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।