0 COMMENTS

कमल न्यौपाने ,भक्तपुर, २ बैशाख / सुर्यविनायक नगरपालिका ९ नलिन्चोकका स्थानीय रामहरी भुजेलको उपचारका क्रममा निधन भएको छ । नलिन्चोकस्थित बाँसघारी नजिक बाटोमा अचेत अबस्थामा भेटिएका ४८ वर्षका भुजेललाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुर जनाएको छ ।

सवारी साधनको ठक्करका कारण उनी अचेत भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको परिसरका सूचना अधिकृत एवं डिएसपी कृष्ण प्रसाईंले जनाएका छन् । उनी अचेत भएको स्थलमा घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताएका छन् । उनको निधनको सत्यतथ्य छानबीनका लागि नलिन्चोकमा आज विहान केहीबेर सडक अबरुद्ध गरिएको थियो । तीन दिनभित्र भुजेललाई ठक्कर दिने सवारी साधनको खोजी गरी दोषीलाई कारवाही गर्ने सहमतिपछि अहिले सडक खुलेको स्थानियले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।