0 COMMENTS

मिलन चाम्लिङ,धरान२९चैत०७४/  समाजवादी विद्यार्थी फोरम नेपालका महेन्द्र क्याम्पस धरान इकाई समितिले आज बिशेश कार्यक्रम बिच भित्तेपात्रो सार्वजनिक गरेको छ।समाजवादी विद्यार्थी फोरम नेपालको केन्द्रिय अध्यक्ष विवेक राई सचिव रामचन्द्र राई संघीय समाजवादी फोरमका किरात प्रदेश सदस्य शुभचन्द्र राई लगायतले संयुक्त रुपमा भित्ते पात्रो सार्वजनिक गरेको हुन। संघीय समाजवादी फोरमका किरात प्रदेश समिति सदस्य शुभचन्द्र राईले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदै सधै लक्ष्य प्राप्ति गर्नु एक भएर अगि बढनु सुझाव दिनु भएको छन।

समाजबादी बिद्यार्थी फोरमको केन्द्रिय अध्यक्ष बिबेक राई कार्यक्रममा बोल्द देशको शैक्षिक प्रणाली शैक्षिक संरचना परिवर्तन हुनुपर्ने कुरामा जोड दिदै अब सबै क्षेत्र र बर्गको लागि मान्य हुने शिक्षा संघीयता प्रणालीको आधारमा हुनुपर्ने बताउनु भएको छ।कार्यक्रममा बोल्दै संघीय समाजवादी पार्टीको केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज भिम राई संगठनको बारेमा जानकारी दिदै सामुदायिक सेवा भावको लागि समाजवादी विद्यार्थी फोरम नेपालको स्थापना भएको जानकारी दिनु भयो।

कार्यक्रममा बोल्दै समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सचिव रामचन्द्र राईले सबै क्षेत्र र बर्गलाई समान शिक्षाको लागी आन्दोलन गरेको कुरा बताउनु भएको छ।कार्यक्रम समापन गर्दै महेन्द्र क्याम्पस इकाई समितिका अध्यक्ष उदिप लिम्बू लावतीले विद्यार्थी संगठनलाई जातीय आक्षेप लगाउने प्रती घोर आपत्ति जनाउनु भएको छ भने कार्यक्रम संचालन हरि इवाहाङ लिम्बूले गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।