0 COMMENTS

काठमाण्डाै१बैशाख०७५/अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन लागू हुनु अगावै पूर्ववर्ती संसद्का सांसदहरुले बढाएर सुविधा लिएका हुन्।महालेखा परीक्षकको कार्यालयले विहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ ।

२०७३ साउन १ बाट नै सांसदले बढेको सुविधा लिन गालेका हुन् तर, २०७३ पुस ७ गतेमात्र सुविधा बृद्धिसम्बन्धी ऐन राजपत्रमा प्रकाशित भएका थियो।पुरानो कानुन्अनुसार नै सांसदहरुले दैनिक बैठक भत्ताबापत दुई सय, आवास भत्ताबापत मासिक ६ हजार ५ सय र परिवहन भत्ताबापत दैनिक १५० पाउँथे।

सांसद्ले नयाँ ऐन कार्यान्वयन नहुँदै त्यसमा व्यवस्था भएबमोजिमको दैनिक बैठक भत्ता १ हजार, परवहनभत्ता १ हजार र आवसभत्ता मासिक १८ हजार रुपैयाँ अग्रिम रुपमा लिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।