0 COMMENTS

काठमाण्डाै १बैशाख०७५/  नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । यो अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकोहो । अफरमा ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएमरसिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् ।

जिएसएम र सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । यो प्याक १०० रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएमरसिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ ।

त्यस्तै, टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत २०० रुपैयाँमा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३०० रुपैयाँमा २५ जिबी डाटा र ४०० रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत ७०० रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ३ हजार ७५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र ७ हजारको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।