(क) कलिगत सम्बत् वा शक सम्वत्ः कलिगत सम्बतलाई सबैभन्दा पुरानो सम्बत मानिन्छ । यो सम्बत इशापूर्व ३१०२ मा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि शुरू भएको हो । चैत्र शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुने भएकाले कलिगत र शक सम्बत् एउटै भनिएपनि कालगणनाका हिसाबले यी दुई सम्बतमा ठूलो अन्तर छ । वि.सं. २०५९ साल कलिगत सम्वतअनुसार ५१०३ वर्ष हुन आउ“छ । ज्योतिष शास्त्रमा यसको ठूलो महत्व छ ।
(ख) शक सम्बत्ः सन् ७८ को चैत्र शुक्ल प्रतिपदाको दिनदेखि शक सम्बत्को शुरूवात भएको हो । कलिगत सम्बत् र शक सम्वत एउटै भनिए पनि यो कलिगत सम्वत्को अन्तस“गै शुरू भएकोले यसलाई कलिगत सम्वत्को नया“ संस्करण वा नया“ वर्ष मानिन्छ । कलिगत सम्वत्को ३१७९ वर्षपछि यसको शुरूवात भएको हो । शक सम्वत्मा ग्रह, नक्षत्र, योग पला, घडी आदि उल्लेख भएकोले नेपाल सम्वत्को तिथिमिति यसैको आधारमा निर्धारण गरिन्छ ।
ग) विक्रम सम्वत्ः भारतको उज्जेन राज्यमा साम्राट विक्रम शिल विक्रमजीत वा विक्रमदित्यले आफ्ना सम्वत् शुरू गरेको पाइन्छ । प्राचिन बि.संं. कार्तिक शुल्क प्रतिपदाको दिनदेखि शुरू हुन्छ । यो सम्वत् सन् ५९३ मा अंशुवर्माको पालामा भारतको बंगालमा प्रचलित परम्पराअनुसार लागू गरियो । बंगालमा मेष संक्रान्तिलाई नववर्ष मानने हु“दा यहा“ पनि त्यसै बमोजिम लागू गरियो । भारतमा इसापूर्व ५८ को अप्रिल र ५८ कै नोभेम्बर गरी दुई किसिमका वि.सं. मान्ने र नेपालमा पनि अप्रिलदेखि शुरू हुने वि.सं.लाईआधार मानि वर्ष गणना गरिन्छ । केही हिन्दु चाडपर्व, प्रथा, परम्परा तथा धार्मिक क्रियाकलाप वि.सं.कै तिथि, मितिअनुसार गरिन्छ । नेपाल हिन्दु राष्ट्र भएको र अरूले पनि यसैलाई सर्वाधिक मान्यता दिन्छन् ।
घ) बुद्ध सम्वत्ः भगवान् बुद्धको महापरिनिर्वाण (स्वर्गारोहण) को सम्झना गर्न प्रत्येक दिन धर्सी तान्ने र त्यसैको आधारमा वर्ष गणना गरी बृद्धसम्बत्लाई प्रचलनमा ल्याइएको हो । बुद्ध सम्वत् त्यति प्रचलित नभए पनि बुद्ध धर्मावलम्वीहरू आफ्नो सबै धार्मिक कार्य सै अनुसार गर्दछन् । वि.सं. २५६ बैशाख पूर्णिमाका दिन २६३६ बुद्ध जयन्ती, २५९१ औं बोधिसत्व (बुद्धत्व प्राप्ति) जयन्ती र २५४६ औं महापरिनिर्वाण दिवसका रूमपा मनाइन्छ ।
ङ) इस्वीसन्ः क्रिश्चियनहरू २५ डिसेम्बरलाई जिसस क्राइस्टको जन्मदिन वडादिन र क्रिसमस समाप्त हुने १ जनवरीलाई नववर्षको रूपमा भव्यताका साथ मनाउ“छन् । इसापूर्व ४ मा इजराइलको वेथलेहममा जिसस क्राइस्टको जन्म भएको र पुरानो कुरा नमानी नया“ कुराको स्थापना गर्न खोजेकोले सन् ३३ मा मृत्युदण्ड दिइएको थियो । जिसस क्राइस्टको जन्म र मृत्युले इस्वी सम्वत्को निकटम् सम्बन्ध राख्दछ । इस्वीसम्बत् शुरू हुनुभन्दा अगाडिको समयलाई द्यऋ.द्यभायचभ ऋचबष्कत र इस्वीसम्वत् शुरू भएपछिको समयलाई ब्म्.ब्ललय म्यmष्लष् भनिन्छ ।
च) खज्यूक सम्वत्ः खज्यूक सम्वत् नेपालका शेर्पा समुदायमा प्रचलित छ । खज्यूक सम्वत्मा नववर्षको उपलक्ष्यमा ल्होसार पर्व मनाइन्छ । बि.सं. २०५९ मा २१२९ औं ल्होसार मनाइन्छ । मुसा, चिल, खरायो, अजिङ्गर, सर्प, घोडा, बा“दर, कुकुर, बदेल (सुगुर), कुखुरा, भेडा आदिको नामबाट वर्षका १२ महिनाको नाम राखिएको छ । खज्यूक सम्वत् वि.सं.भन्दा ७० वर्ष पुरानो छ ।
छ) हिजरी सम्वत्ः मुस्लिम समुदायमा प्रचलित हिजरी सम्वत् इस्वीसन् ६२२ मा पैगम्वर मोहम्मदको मृत्युपछि शुरू भएको हो । पैगम्बर मोहम्मद आफ्नो जन्मस्थल मक्कामा पाखण्डी मौलवीहरूको अगाडि टिक्ट नसकी मदिना पलाउन (भागेको) स्मृतिमा यो सम्वत् शुरू भएको मानिन्छ । नेपालका मुस्लिम समुदायमा पनि यो सम्वत् मान्ने प्रचलन छ ।
ज) यहुदी सम्वत्ः इसापूर्व ३७६ मा ७ अक्टुबरका दिनदेखि यहुदी सम्वत् प्रारम्भ भएको मानिन्छ ।
झ) नेपाल सम्वत्ः नेपालमा थुप्रै सम्वत्हरू भए पनि राष्ट्रिय सम्वत्को दर्जा । विक्रम सम्वत्पछि बढी प्रचलनमा आएको सम्वत् नेपाल सम्वत् हो । हाल यो सम्वत् ११२२ मा चल्दैछ । नेपाल सम्वत्को प्रणेता शंखधर साख्वा हुन् । उनलाई श्री ५ को सरकारले ०५६ मंसीर २ गते राष्ट्रिय विभुतिको रूपमा (१४ औं विभूति) घोषित गरेको छ । साख्वाले आजभन्दा ११२२ वर्षअघि काठमाडौं र भक्तपुरका जनताको ऋण तिरी दिएर यो सम्वत् चलाएका थिए । त्यसबेला ठूलो परोपकार गर्ने व्यक्तिले नया“ सम्वत् चलाउन पाउ“थ्यो ।
नया वर्ष मनाउने आ–आफ्नै तरिका
रोमन ग्रीक इन्साइक्लोपेडियामा हर्ष र उमङ्गका साथ नया“ वर्ष मनाउने परम्परा भेटिन्छ । ब्रिटिस म्यूजियम लण्डनबाट प्राप्त पुरानो अरबी सोधपत्रअनुसार आजभन्दा हजारौं बर्ष पहिले नील घा“टीको सभ्यताका मानिसहरू नववर्षको पूर्व सन्ध्याको रात्रिमा सामूहिक भोजको आयोजना गरी आपसमा नाचगान बजानको साथ नववर्षलाई स्वागत गर्दथे ।
बेलायतमा ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन् । ब्रिटिसको पुरानो ऐतिहासिक ग्रन्थअनुसार त्यहा“को केही आदिवासीहरू पुरानो वर्षको अन्तिम दिन छिमेकमा सबै मानिस एकै ठाउ“मा भेला भएर आ–आफ्नो इष्टदेवता र मुख्यतया सूर्यको पूजा गरेर नया“ वर्ष मनाउने गरेको पाइन्छ । ती आदिवासीहरू नया“ वर्षको सूर्योदय नहुञ्जेल सूर्यकै पूजा एवं उपासना गरेर नया“ वर्ष मनाउ“छन् ।
स्कटल्याण्डमा नववर्षको उत्सव मनाइरहेको बेला रातो वस्त्र लगाएको पुरूष वा नारीको प्रवेशलाई अशुभ ठान्छन् भने अग्लो र कालो केश भएका नारी वा पुरूषको आगमन भएमा शुभको प्रतीक मान्छन् । साथै सुख–समृद्धि र सफलताको शुभकामना आदानप्रदान गर्छन् । आयरल्याण्डमा पनि यसैगरी नै मनाउने चलन छ ।
चीनमा नववर्षको एक साता अगावै आतिशबाजी गरिन्छ र यो पुरानो मान्यतास“ग सम्बन्धित छ । उनीहरू भान्छाघरमा देवता रहेको ठान्छन् । देव–देवताले वर्षभरि एक परिवारको गतिविधिहरू टिप्छन् र वर्षको अन्तिम दिनमा भगवान्लाई बुझाउ“छन् भन्ने धारणा छ । नया“ वर्षको प्रारम्भ साथै देवता पुनः फर्किन्छन् त्यसकारण यी देवताको विदाई र स्वागत गर्न आतिशबाजी गर्छन् । नया“ वर्षको दिन चिनिया“हरू रातभर जागा बसेर आमा, बाबु तथा गुरूको आशिर्वाद लिनको साथै स्वादिष्ट भोजन गर्छन् ।
कोरियामा नया“ वर्ष मनाउनको लागि ३ दिन सरकारी बिदा दिने चलन छ । नववर्षको दिन त्यहा“का सबै पसलहरू बन्द रहन्छन् । यस दिन तिनीहरू चामलको रक्सी (सूल) र चामलको रोटी (तककुक) अनिवार्यरूपमा खाने खुवाउने गर्छन् । यसो गरेमा १ वर्ष आयु बढ्छ भन्ने विश्वास छ ।
थाइल्याण्डमा नया“ वर्षको दिन घरहरू सफा सुग्घर राख्छन् र राति दिपावली गर्छन् । बौद्ध मन्दिरमा गई पूजा प्रार्थना गर्छन् साथै मीठामीठा परिकार खाने र सुगन्धित जल एक–आपसमा छर्कि मंगलमय कामन ागरी महान पर्वको रूपमा मनाउ“छन् ।
जापानमा आफ्ना घर वरिपरि हरिया वृक्षहरू सजाई शुद्ध जलको प्रयोग गर्दछन् । मान्यजनहरूबाट आशिर्वाद लिने, बृद्धको पूजा–आराधना गर्ने साथै चङ्गा उडाउन शुरू गरी एकआपसमा शुभकामना आदान–प्रदान गर्छन् ।
इण्डोनेशियामा नया“ वर्षलाई ‘गोलुगान’ भन्दछन् । यस दिन नया“ नया“ लुगा लगाउने, मीठामीठा खानेकुरा खाने र शुभकामना आदान–प्रदान गर्छन् ।
मेक्सिकोको जनजातीय इलाकामा यस दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरी नया“ वर्ष मनाउने चलन छ । अष्टे लिया र न्यूजिल्याण्डमा शुभकामनापत्र आदान–प्रदान गरी विभिन्न उत्सव मनाउने परम्परा छ भने अफ्रिकामा यस दिन युवा–युवतीबीच सामूहिक विवाह गर्ने चलन छ ।
जर्मनीमा नववर्ष मनाउने तरीका केही बेग्लै छ । यहा“ नववर्षको दिन पानीले भरिएको धातुको भाडामा सिक्का (मुद्रा) खसालेर ज्योतिषीहरूले भविष्यवाणी गर्ने चलन छ ।
भ्याटिकन सिटी रोममा नववर्षको पहिलो विहान आकाशमा सेता परेवा उडाउने र चर्चको हातामा ठूलो केक काटेर बा“ड्ने चलन छ । पोर्चुगलमा भने नववर्षको दिन सा“ढे जुधाउने साथै शहरभरि धुनी जगाएर, पटाका बाजी गरी धुमधामस“ग मनाउ“छन् भने स्पेनमा अंगुर खाएर नववर्ष मनाउने चलन छ ।
मंगोलियामा नववर्षको दिन रातभरि जागा बस्ने र आमा, बाबु तथा मान्यजनबाट आशिर्वाद लिई मिठामिठा भोजनगरी मनाउ“छन् ।
कुवेतमा नववर्षको दिन रातभरि दिपावली गर्ने साथै शुभकामना आदान प्रदान गरी नाचगान गरेर मनाइन्छ ।
इरान, इराक, तथा अरबी मुलुकमा नववर्षलाई ‘नौरोज’ भनिन्छ । यसदिन तिनीहरू गहु“ तथा जौको हरियो अंकुर भएको भाडाको वरिपरि ऐना, पूmल, मैनवत्ती र रोटी राख्छन् । यसलाई उनीहरू शुभसंकेतको रूपमा मान्छन् । राति दिपावली गरी त्यसको प्रकाशमा उत्साह मनाउ“छन् ।
भारतमा भने विभिन्न ठाउ“मा विभिन्न प्रकारले नववर्ष मनाइन्छ । बंगालमा देवी–देवताको पूजा, रविन्द्रसंगीत र हा“सखेल, ठट्टा तथा नाचगान गरी मनाउ“छन् । कुमाउ“ र गढवालमा यसदिन पहेलो लुगा लगाई आफ्नो बन्धुजनलाई उपहार प्रदान गर्छन् । आसाममा पशुको पूजा गर्छन् । पंजावमा झांगडा नृत्यको आयोजना साथै गणेश र लक्ष्मीको पूजा र नाचगान गरी मनाउ“छन् । महाराष्ट्रमा आफ्नो घरको धुरीमा रेशमी ध्वजापत्ताका र रङ्गीविरङ्गी पूmलहरूले सजाउ“छन् । राजस्थानमा मिठामिठा खानेकुरा खाने खुवाउने गर्छन् । जनजाति विशेषमा आफ्नो मन नपरेको जीवनसाथी भए पारपाचुके गरी नया“ जीवनसाथी रोज्ने चलन छ ।
बर्मामा नव वर्षलाई ‘विजान’ भन्दछन् । यसदिन बर्मेलीहरू शानित र सुख–समृद्धिका लागि भगवान् बुद्धको पूजा आराधना गर्ने चलन छ । यिनीहरू नववर्षलाई फागू खेली नाचगान गरी स्वागत गर्दछन् ।